• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भिरालो बस्तीका स्थानीयवासीलाई डरैडरको बास

धनगढी,२ जेठ ।  बाजुरामा पाखो तथा भिरालो बस्तीमा बसोवास गर्दै आएका यहाँका स्थानीयवासी बर्खाको समय त्रासमा बस्न बाध्य छन् । बर्खाको समय पाखो तथा भिरालो गाउँबस्तीको तल र माथिबाट थोरै पानी परे पनि सधैँ पहिरो जाने हुनाले यहाँका स्थानीयवासी बर्खाको डरैडरले घरमै बस्छौँ, बुढीगङ्गा नगरपालिका –१ की कल्धरी नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भिरालो ठाउँमा बसोबास छ । घरको तलदेखि पहिलो गएको छ । पानी परेका बेलामा त्यो पहिरो बग्ने गर्छ । हिउँदमा घरमा बास बस्न केही डर हुँदैन । अब बर्खा लागेपछि भने यहाँ सुत्न निकै डर लाग्छ ।” केही वर्ष पहिला गाउँको माथिबाट आएको पहिरोमा पुरेर तीन जनाको ज्यान गएको थियो । त्यो पहिरो अहिले पनि बर्खा लागेपछि आउने गर्छ । भिरालो ठाउँमा बस्ती छ । कति बेला पहिरो आउने हो थाहा हुँदैन । हिउँदमा आनन्दसँग बसोबास भए पनि बर्खाको समय सधैँ यसरी चिन्तैचिन्तामा रात काट्नु परेको नेपालीले बताउनुभयो ।

यहाँका नौ वटै पालिकाका अधिकांश गाउँबस्ती पाखो तथा भिरालो ठाउँमा रहेका छन् । बर्खाको समय अविरल वर्षा हुँदा यी बस्तीमा पहिरो आउने सम्भावना सधँै रहन्छ । त्यसैले यहाँका धेरै बासिन्दा बर्खाको समयमा घर छोडेर चौरमा गएर त्रिपालमुनि बास बस्ने गर्छन् । गत साउन २६ गते पनि हिमाली गाउँपालिकाको–३, बौडीमा दिउँसै पहिरोमा परेर ४१ पशुचौपाया मरेका थिए भने त्यहाँ गोठालो गएका चार जनासमेत घाइते भएका थिए ।

पहिरोका कारण मानवीय क्षति नभए पनि हिमाली, गौमूल, त्रिवेणी र खप्तड छेडेदहलगायतका स्थानीय तहमा धान, कोदोलगायतका बाली र घरका छानामा लाखौँ रुपियाँको क्षति भएको थियो । बाजुरामा १३५ भन्दा बढी गाउँबस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । बस्ती स्थानान्तरणका लागि जिल्लाको नौ वटै स्थानीय तहबाट आएका सबै सिफारिस गृह मन्त्रालयमा पठाएको र उताबाट अहिलेसम्म केही जानकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

भूकम्प तथा बाढीपहिरोबाट घरबासविहीन भएकाको टहरा निर्माणका लागि मात्र रकम आयो तर बस्ती स्थानान्तरण गर्नेबारेमा केही खबर नआएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपीडितका लागि तीन करोड ६८ लाख २५ हजार रुपियाँ आएको र त्यो रकम उनीहरूको खातामा राखिदिने गरेर स्थानीय तहको खातामा पठाएको छ ।” यो रकमले बाढीपहिरो र भूकम्पपीडितको अस्थायी टहरा निर्माणका लागि केही सहज भए पनि बस्ती स्थानान्तरण गर्नका लागि भने ठुलो रकम आवश्यक परेको प्रमुख जिल्ला पाध्याले बताउनुभयो ।

शुक्रबार, जेठ ०२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.