धनगढी, ३१ बैशाख/श्री लक्ष्मी महायज्ञ एबं सन्त सम्मेलन सप्ताह धनगढी १० घुईयाघाटमा सुरु भएको छ ।स्थानीय गिरिराज रानाको आयोजनामा शुक्रबार देखी सुरु भएको सप्ताह श्रीकुल सेवा संस्थान भारतको पलियाका आचार्य गोविन्द माधव मिश्रको प्रमुख नेतृत्वमा आहुति डाली, आचार्य पंडित राजु महाराजले श्रीमद् भागवत कथा बाचन र भजन कृतन गरिरहेका छन् ।
सप्ताह बिहिबार सम्म चल्ने आयोजकले बताएको छ । आचार्य अतुल कुमार शुक्ला, आचार्य सोमेश माधव मिश्र, पंडित राजेन्द्र तिवारी, पंडित विजय शुक्लाले धेरै भक्तहरूलाई श्री दुर्गा सप्तशती र अन्य प्रमुख ग्रन्थहरूका मन्त्रहरु उच्चारण र आरती गर्न लगाइएको छ । यस अवसरमा धनगढी र वरपरका गाउँहरूबाट भक्तजनको सहभागित रहेको छ । हरेक दिन राती ८ बजेदेखी ११ बजे सम्म भजनकृतन र कथा बचनको कार्यक्रम भैरहेको छ ।