धनगढी,२५ बैशाख । डडेल्धुराको आलिताल गाउँपालिका–८ सुनखोलामा अटोको ठक्करबाट एक ४ वर्षीय बालकको मृत्यु भएको छ। आज साँझ करिब ५बजे कैनघाडीबाट गोदाम बजारतर्फ आउँदै गरेका पैदलयात्री विवेक बिकलाई बिपरीत दिशाबाट जोगबुढातर्फ आउँदै गरेको अटोले ठक्कर दिएको हो। विवेक स्थानीय बिक्रम बिकका छोरा हुन्।
ठक्करपछि अटो पल्टिएर पैदलयात्रीसहित अटोमा सवार अन्य दुई जना यात्रु पनि घाइते भएका छन्। गम्भीर घाइते भएका विवेक बिकलाई एम्बुलेन्समार्फत जोगबुढा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अटो चालक भने दुर्घटनापछि फरार भएका छन्।
