कैलाली, २४ वैशाख / लोकतान्त्रिक निर्माण ब्यबसायी संघ डोटीको प्रथम जिल्ला भेला तथा अधिबेशनले जगत बहादुर खडकाको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति निर्बिरोध रुपमा चयन गरेको छ । नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंहको प्रमुख आतिथ्यमा भएको प्रथम भेलाले खडकाको नेतृत्वमा कार्य समिति निर्बिरोध चयन गरेको हो ।
कार्य समितिको उपाध्यक्षमा महेन्द्र बहादुर सिंह, डम्बर बहादुर बिष्ट निर्वाचित भएका छन । त्यस्तै महासचिवमा दिलिप कुमार शाही, उपमहासचिवद्वयमा दिर्घ बहादुर साउद, शिव बहादुर साउद, कोषाध्यक्षमा भिम बहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा जानकी देवी श्रेष्ठ निर्वाचित भएका छन ।
यसैगरि सदस्यहरुमा शिव बहादुर खड्का, गणेश बहादुर बोहरा, जनपुरा कार्की, अमर खड्का, खडक बोगटी, रेखा खड्का, खडक कठायत र कौशिला रावत निर्वाचित भएका छन ।
लोकतान्त्रिक निर्माण ब्यबसायी संघ बैतडीको प्रथम जिल्ला भेला तथा अधिबेशनमा नेपाल लोकतान्त्रिक निर्माण ब्यबसायी संघका केन्द्रीय उपसंयोजक एबम नेपाल निर्माण ब्यबसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाश बहादुर सेठी, प्रदेश संयोजक मदन बहादुर कुंवर र केन्द्रीय सदस्य एबम सुदुरपश्चिम प्रदेश निर्माण ब्यबसायी संघका अध्यक्ष लक्ष्मण स्वार बिशिष्ठ अतिथि रहेका थिए ।
त्यस्तै, निर्माण ब्यबसायी संघ डोटीका अध्यक्ष घनश्याम पाठक लगायत निर्माण ब्यबसायीहरुको उपस्थिति रहेको थियो ।