कञ्चनपुुर : कञ्चनपुुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट एकै दिन भारतबाट १० हजार बढी यात्रु भित्रिएका छन्। बिहानीको समयमा धेरै यात्रु भारतबाट आएपछि सडक क्षेत्रमा राख्ने व्यवस्था नहँुदा भन्सार कार्यालयको परिसरमा राखिएको थियो।
हेल्थ डेस्कका स्वास्थ्यकर्मीलाई जाँच गर्न निकै हम्मेहम्मे परेको थियो। चार दिनयतादेखि यात्रुको चाप बढे पनि यति धेरै यात्रु आएको पहिलोपटक भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका सहायक प्रहरी निरीक्षक रमेश धामीले बताए।“अरु बेला दैनिक तीन हजारदेखि पाँच हजार यात्रु आएका थिए, आज बिहान १० हजार बढी यात्रु आए”, उनले भने।
भारतबाट आएका यात्रुमा कोरोना भाइरस सङ्क्रमणका शङ्कास्पद बिरामी भने नदेखिएको हेल्थ डेस्कका कर्मचारीको भनाइ छ। –रासस