बाजुरा ५ चैत- चैत्र ६ गतेबाट संचालन हुने एसईई परिक्षा लाई व्यवस्थित, मर्यादित र निश्पक्ष रुपमा संचालन गर्नका लागि मष्टेश्वरी मावि डोगडीमा सर्वपक्षिय भेला सम्पन्न भएको छ ।
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको वडा नं ५ डोगडी स्थित मष्टेश्वरी माद्यामिक विद्यालय केन्द्र बाजुरा जिल्लाकै सबै भन्दा बढी विद्यार्थी रहेको केन्द्र हो । यस वर्ष गाउँपालिकाका ७ वटा विद्यालय काडाँ भवानी मावि। ६१, मालिका मावि ३२, देवस्थली मावि १७, भवानी मावि ३१, खापरदेव स्थली मावि ६९, सरस्वती मावि ३० र दशरथ मावि ४९ जना गरी जम्मा २८९ जना विद्यार्थी यस केन्द्रमा एसईई मा सहभागी हुदै छन् । मष्टेश्वरी माद्यामिक विद्यालयमा भएको सर्वपक्षिय भेलामा परिक्षालाई अनुशासित, मर्यादित, निश्पक्ष, भयरहित शान्त वातावरणमा संचालन गराँउनका लागि सबै पक्षले जिम्मेवार हुनुपर्ने, परिक्षा अवधिभर विद्यालयको घेरबार भएको क्षेत्रलाई निशेधित क्षेत्र कायम गर्ने र विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाईरसलाई मध्यनजर गरी परिक्षा अवधिभर सचेतना हेल्थ डेस्कको व्यवस्था गर्ने लगायतका निर्णय गर्दै सर्वपक्षिय भेला सम्पन्न भएको छ ।
मष्टेश्वरी माविका प्राधानाध्यापक तथा परिक्षा केन्द्रका केन्द्राअध्यक्ष मंगल वहादुर धामीको अध्यक्षतामा संचालन भएको सर्वपक्षिय भेलामा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नर वहादुर रावत, वडा नं५ का वडा अध्यक्ष हर्क वहादुर रावत, वडा नं ६ का वडा अध्यक्ष कुम्भनाथ योगी, वडा नं ३ का वडा अध्यक्ष दिपक रावत, प्रमुख प्रशासकिय अधिकृत डम्मर वहादुर थापा, कार्यपालिका सदस्य भिम नेपाली, वडा नं ५ का वडा सदस्य बुदे रावत, गाउँपालिकाका शिक्षा अधिकृत गणेश पौडेल, शिक्षक महाँसंघ खप्तड छेडेदहका अध्यक्ष खडक वहादुर बुढा, नेपाल शिक्षक संघ संघिय महाधिवेशन प्रतिनिनिधी पदम वहादुर रावत लगायतको सहभागिता रहेको थियो ।