देशभर स्ववियु निर्वाचनको हुँदै छ।त्रिभुवन बिश्वबिद्धालयले देशभर एकै साथ चैत ५ गते त सुदूरपश्चिम बिश्वबिद्धालयले चैत २७ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाब गराउदै छ । विभिन्न राजनीतिक दलका विद्यार्थी संगठन आफ्ना गतिविधिलाई तीव्रता प्रदान गरिरहेका छन् । क्याम्पस बिश्वबिद्यालय नजिकका रोडहरु अचेल हातमा डायरी समातेर हिडिरहेका विद्यार्थी नेताहरुले भरिभराउ छन। विद्यार्थी नेतृत्ववर्ग विद्यार्थीका कक्षाकोठादेखि लिएर चियापसल, चमेना गृह हुँदै विद्यार्थीको जमघट हुने सम्भावित क्षेत्रमा गोलबन्द हुन थालिसकेका छन् ।
स्ववियुको प्रभावकारिताका विषयमा पनि विद्यार्थीका बीचमा विचार विमर्श चलिरहेका छन् । स्ववियुका विगतका निर्वाचन र परिणाम र उपलब्धिको बारेमा पनि समीक्षात्मक टीकाटिप्पणी सुनिन थालेका छन् । निर्वाचन हुने विषयमा चर्चा चल्नासाथ गतिविधिमा देखिएको तीव्रतालाई विद्यार्थीमा भएको राजनीतिक चेतनाको स्वाभाविक प्रवाहका रूपमा लिनुपर्छ ।
विद्यार्थी राजनीतिको इतिहास-:
बिश्व राजनीतिमा विद्यार्थी आन्दोलन भनेको सामाज परिबर्तनको एउटा संबाहकको रुपमा चिनिएको छ । पश्चिमाहरुको चरम अपहेलना र उत्कर्षबाट आजित भएर सन १९औ र २०औ सताब्दिमा एसियाका भारत , चीन, बर्मा , पाकिस्तान र इन्डोनेसियामा मानव अधिकार र आवश्यकताको लागि आन्दोलन भएका थिए । युरोपेली क्रान्तिकारी विद्यार्थी आन्दोलन १९ औ सताब्दिको बिश्व हल्लाउने आन्दोलन थियो । सन १८४८ को जर्मन र रसियाको विद्यार्थी आन्दोलनले त युगौ सम्म प्रभाब पारेको पाइन्छ। यी सबै आन्दोलन विद्यार्थी अधिकार भन्दापनी मानव अधिकार र सुरक्षाको लागि गरिएका आन्दोलन थिए।
नेपालमा विद्यार्थी राजनीतिको सुरुवात -:
नेपालमा विद्यार्थी राजनीतिको रुपमा पहिलो आन्दोलन बिक्रम संबत २००४ मा पुरोहित विद्यार्थीहरुले सुरु गरेको जयतु सस्कृतम आन्दोलन हो । वि. सं. २००४ सालमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीहरूले पाठशालामा भूगोल, इतिहास, अर्थशास्त्रजस्ता विषय समावेश गर्नुपर्छ भनी सुरू गरेको आन्दोलन हो। तर निरंकुश राणा शासकहरूलाई यी माग मन परेन र विद्यार्थीउपर दमन गर्न थाले। यस आन्दोलनको नेतृत्व श्रीभद्र शर्मा, कमलराज रेग्मी, काशीनाथ गौतम, राजेश्वर देवकोटा, पूर्णप्रसाद बाह्मण, अच्युतराज रेग्मी जस्ता व्यक्तिहरूले गरेका थिए। राणाहरूले दमन गरेपछि यी विद्यार्थीहरू बनारस गई राणा विरोधी आन्दोलनमा सक्रिय भए। हेर्दा शिक्षा प्राप्तिको अधिकारको आन्दोलन भएपनी यसले २००७ मा राणा शासन बिरोधी आन्दोलनको जग खडा गरेको थियो । हुनत त यो भन्दा अगाडि भारतमा नेपाल छात्र संघ गठन भएर विद्यार्थी राजनीतिमा सक्रिय भएको पनि पाइन्छ ।।
विद्यार्थी राजनीतिको बर्तमान स्थिति-:
नेपालमा अहिले गणना गर्न नसकिने गरेर राजनीतिक दलहरु स्थापना भएका छन । राजनीतिक दल खोलीने बितिकै नयाँ विद्यार्थी संगठनको जन्महुनु त परम्परा नै भैहाल्यो । बर्तमान समयमा विद्यार्थी राजनीतिमा देखिएको प्रमुख स्मस्या भनेको आफ्नो माउ पाटिको दासत्व प्रवृत्ति हो । भयानक अवस्थामा रहेका नेपालका बिश्वबिद्धालयले केबक बिश्व बजारमा सस्ता श्रमिक उत्पादन गरिरहेका छन । यो अवस्थसंग जुध्नको लागि एकठाउमा उभिनु पर्ने अवस्थामा आफ्ना दलको नेताहरु बचाउने र अर्को दलको नेता खुइल्याउने प्रतिस्पर्धामा छन नेपालका विद्यार्थी संघसंगठनहरु । क्याम्पस र बिश्वबिद्धालयमा शैक्षिक सामाग्रीको अभाबको र त्यसको समाधानको लागि बोल्नु पर्ने विद्यार्थी नेताहरु सिमित नेताहरुको गुणगानमा ब्यस्त देखिन्छन। उसो त नेपालका राजनीतिक दलहरु पनि विद्यार्थी संघसंगठनलाई आफ्नो कार्यकर्ता उत्पादन गर्ने फ्याकट्रीको रुपमा प्रयोग गरिरहेका छन । समान शिक्षा, रोजगारीको हकको लागि आवाज उठाउनुको सट्टा विद्यार्थी नेताहरु निजि क्याम्पसको सम्बन्धन दिलाउन, प्राध्यापक नियुक्ती गर्न , ठेकापट्टा गर्न मै बिजिछन ।
विद्यार्थी राजनितीको भबिष्य -:
भर्खरै बएको बाङ्लादेशको विद्यार्थी आन्दोलनबाट अब नेपालका विद्यार्थी संघसंगठनहरुले पनि सोच्नु पर्ने बेला आइसकेको छ । अब विद्यार्थी संगठनहरु संग केबल दुई बिकल्प छन -:
पहिलो बिकल्प भनेको अहिलेको समयमा विद्यार्थी राजनीति जसरी त्यिनिहरुको माउ पाटीबाट परिचालीत छ हो त्यही मार्गबाट आफ्नो यात्रा प्रवाह गरिरहने अथवा सडकमा आन्दोलन गरिरहने , क्याम्पस तालाबन्दी गरिरहने , सडकमा प्रहरी संघ जुधिरहने र आफ्नो पाटी सत्तामा पुगेपछी मन्त्रीको आसेपासे नियुक्ती हुने । यदि नियुक्त पाएन भने सत्तालाई सराप्ने र बिदेश होमिने ।।
दोस्रो बिकल्प भनेको हालका जुन गति गतिविधि छन त्यिनिहरुलाई सफलता मानेर हामीमाझ उपलब्ध स्रोत साधको उचित युउटिलाइजेश गरेर समाजलाई आर्थीक , सामाजिक र सास्कृतिक समाजको निर्माण गर्नु । अहिलेको समाज पहिलेको जस्तो छैन , अनि पहिलेको जस्तो हुनुपनी त भएन सत्ताको लडाइँमा सडक तताउनुको सट्टा अब विद्यार्थी राजनीति तल उल्लेखित कुराको लागि गरिनुपर्छ -:
१. उध्यमशिलता संग विद्यार्थी
२. रोजगारीसंग शिक्षा
३. टेक्नोलोजी संग शिक्षा
४. लैगिक हिंसा बिरोधी शिक्षा
यदि हालका युवाले अहिले यसो गर्न नसक्ने हो भने भोलि उनीहरू पनि राजनीतिक दलका गोटी बनेर विभिन्न विश्वविद्यालय र सरकारी अड्डाहरूमा उपस्थित हुने छन् । राजनीतिले सधैं युवालाई खेलौनाकै रूपमा प्रयोग गरिरहने छ । विचार, विद्धता र क्षमतावान् व्यक्तिहरू सधैं पछाडि नै खुम्चिएर बस्नुपर्ने बाध्यता कायमै रहने छ । त्यसको प्रतिरोधका लागि समय र राष्ट्रका वर्तमान आवश्यकता पूरा गर्न सक्ने गरी स्वतन्त्र जनाधारसहितको प्राज्ञिक कर्ममा हामी केन्द्रित हुनु छ ।त्यसैले यिनै कुरामा विद्यार्थी राजनीतिमा ढाल्न सकेउ भने मात्रै परिबर्तनका मुलहरु उमार्न सकिन्छ । त्यसैले अबको स्वतन्त्र विद्यार्थी निर्वाचनमा इतिहासलाई साची मात्रै मानेर कलमको मसिबाट देश परिबर्तन गर्न सकिन्छ भन्ने सन्देश लिएर विद्यार्थी माझ जानू नै विद्यार्थी संघसंगठनको हितमा हुनेछ । शान्त बाताबरणमा उचित नेतृत्व चयन गर्न पनि सम्पुर्ण विद्यार्थी साथिहरुमा अनुरोध पनि गर्दछु ।।
लेखक :- रुगम रावल (कैलाली बहुमुखी क्याम्पस धनगढी कैलालीमा अध्ययनरत हुनुहुन्छ।)