धनगढी, फागुन १८- डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ अछाम, बाजुरा तथा कैलाली र कञ्चनपुर जिल्लामा समुदाय अनुसार फरक फरक पराम्परागत खानाका परिकार छन् । ती परिकारको स्वाद पनि फरक–फरक छ । कैलाली–कञ्चनपुरमा बसोबास गर्दै आएका थारु तथा राना थारु समुदायका खानाका परिकार पनि फरक छन । उनीहरुले बनाउने खानाका परिकारको स्वाद पनि फरक हुन्छ । थारु समुदायमा ढिक्री, घोँगी, बुँगुरको मासु लगायतका परिकारहरु विशेष हुन्छन् । अन्डीको भात, चटनी, फुलौरी सिन्कीको आलु लगायत ने खान मन लागेको छ त्यो सहजै पाईन्छ धनगढीमा भईरहेको खाना महोत्सवमा । होटल व्यवसायी संघ कैलालीको आयोजनामा भईरहेको खाना महोत्सवामा आदिवासी जनजातिका खानाका परिकारहरु स्वादिष्ट भएको भन्दै ग्राहकहरुले खाईरहेको थारु समुदायका परिकारको स्टल राख्नु भएकी अनु चौधरीले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका मौलिक खानाका परिकारलाई नयाँ पिडिले पनि स्वीकार्न सकेका छैनन् । तर पनि आदिवासी जनजातकिा परिकारहरुलाई बजारी गर्न युवाहरु लागिरहेको पनि देखिएको छ । राना थारु समुदाय आफ्ना खानाका परिकार मात्रै होईन आफ्ना कला संस्कृतिको ंसंरक्षणका लागि होमस्टे समेत सञ्चालन गरिरहेका छन् । राना थारु समुदायमा पतौता, खजुरीया, मिसौला, अमचुरी, कुचला, कतरा, सतुवा, गुलगुल निभी आदि परिकारहरु प्रख्यात र स्वादिष्ट छन । यी विभिन्न परिकारलाई खाना महोत्सवमा आउनेहरुलाई खुवाईरहेको स्टल सञ्चालक भगीरथ रानाले बताउनुभयो । रानका अनुसार उनीहरुको समुदायले धनगढी उपमहानगरपालिका वडा नम्बर १० मा राना होमस्टे समेत सञ्चालन गरिरहेका छन् ।
खनपान र परिकारमा सौखिम समुदायमा पर्छ मगर समुदाय । यो सम्ुदायका खानाका परिकारहरु खाने मन भयो भने खाना महोत्सवमा त्यो पनि उपलब्ध छ । तरुल, तिलौरा होस की पिउने जाँड, कोदोको रक्सी होस् मगर समुदायका परिकार स्टलमा विक्री वितरण गरिरहेको फुलबारीबाट आएर खाना महोत्सवमा स्टल राख्नुभएकी भावना पुलामी मगरले बताउनुभयो ।
सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्ला रहेका छन् । ती जिल्लाहरुका आफ्नै भाष वोलीचाली र खानपिन रहेका छन् । तर सवै जिल्लाहरुमा पाईने परिकार एकै पटक खाने ईच्छा पुरा गर्न मुस्किल पर्छ होला तर खाने मुखलाई जुँगाले छेक्दैन भने झैं सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरुमा खाईने परिकार धनगढीमै खान सकिन्छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ खुल्लामञ्चमा जारी प्रथम सुदुरपश्चिम खाना महोत्सवले सवै जिल्लाका परिकार खाने प्रवन्ध मिलाई दिएको हो ।
महोत्सवमा २५ प्रदर्शनी स्टलहरुमा स्थानीय परिकारहरु राखिएका छन् । प्रायः सवै समुदायका परिकार र प्रदेशका नौ वटै जिल्लाका मौलिक खानाका परिकारहरुको स्वाद लिनका लागि जिल्लागत र समुदायगत रुपमा पनि खाना महोत्सवमा स्टलहरु राखिएका छन् । सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरुका परम्परागत खानाका परिकारहरु, यस क्षेत्रको विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकारहरु र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारहरुलाई उनीहरुकै भेषभुषा, संस्कार र संस्कृति झल्किने गरी खुवाईहेको होटेल व्यवसायी संघ कैलालीका सचिव आभेष चन्दले जानकारी दिनुभयो ।
फागुन २० गतेसम्म सञ्चालन हुने खाना महोत्सवमा हरेक दिन बेलुका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमहरु पनि रहनेछन भने विभिन्न प्रतियोगिताहरु पनि आयोजना गरिएछन । खाना महोत्सवमा प्रवेश निशुल्क हुने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरु र विभिन्न जातजातिका खानाका परम्परागत परिकारहरुको स्वाद लिने र भेषभुषा, संस्कार र संस्किृतीको अवलोकन गर्न मिल्ने साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको मनोरञ्जन पनि एकैसाथ लिन सक्ने व्यवस्था मिलाईएको छ । धनगढीमा भईरहेको पहिलो सुदुरपश्चिम खाना महोत्सवको मुख्य प्रयोजक जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज रहेको छ । त्यसैगरी प्रायोजकको रुपमा ओम ट्रेड डिपार्टमेन्टल स्टोर, होटल जलसा प्रा.लि., होटल सनलाईट प्रा.लि., आफ्नो घर टेम्पल रिसोर्ट प्रा.लि. रहेका छन् ।