बौनिया १८ फागुन/रानीजरुवा सामुदायिक वन उपभोक्ता समुह बर्दगोरीया ३ रानीकुण्डाको भवन उद्घाटन भएको छ । आईतबार एक कार्यक्रमका आयोजना गरी बर्दगोरीया गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनारले गरेका हुन् ।
समुहका अध्यक्ष लालसिह बिश्वकर्माको सभापतित्व भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी बर्दगोरीया गाउपालिका वडा नम्बर ३का वडा अध्यक्ष करने सुनार रहेका थिए । उद्घाटन कार्यक्रममा सब डिभिजन रामपुर कैलालीका प्रमुख कृष्ण बोहरा, बर्दगोरिया गाउपालिका कार्यपालिका सदस्य कोकिला खत्री, न्यायिक समितिका सदस्य टंकराज ओली र वडा सदस्य बिरबहादुर बौडेल, बुद्धीसरा बिक बिशिष्ठ अतिथी रहेका थिए । दानुफाटा नमुना समुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकराज जोशी, साइनिङ्ग स्टार युवा क्लबका अध्यक्ष मिलन ओलीले सामुदायिक वनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
आठ लाख लगानीमा निर्मीत समुहको लागनी रहेको भवनको उद्घाटन कार्यक्रममा समुहकी सचिव मनिषरादेबी बिक बिकले गरेरको कार्यक्रमको संचालन आस्मीन कुमार बिकले गरेका थिए ।

