धनगढी, १५ फागुन
धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने विकास सम्मेलनको अन्तीम तयारी पुरा भएको छ ।
उप–महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन मार्फत विकास सम्मेलनको तयारीका बारेमा जानकारी दिएको हो । फागुन १८ गते आयोजना गरिने धनगढी विकास सम्मेलनको अन्तिम तयारी पुरा भैसकेको धनगढी उप–महानगरपालिकाका प्रमुख नृबहादुर वडले बताए । विकास सम्मेलनले धनगढीको विकासका लागि दिशानिर्देश गर्ने छ नगरप्रमुख वडले भने, जसले योजनाबद्ध विकासको लागि सहयोग पुग्ने छ ।
सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थीक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य प्रोजेक्ट बैकंहरु प्रस्तुत हुने नगर प्रमुख नृप बहादुर वडले जानकारी दिए । यस्तै विकास सम्मेलनमा नगरबासीहरुले भोग्नु परेका दैनिक समस्याहरुलाई सम्बोधन गर्नका लागि धनगढी शहरलाई बस्न योग्य दिगो शहरको रुपमा रुपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरीने छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टका अनुसार नगरको विकासका लागि नागरीक संग विकासका परियोजनाका लागि खुल्ला आह्वान गरि उत्कृष्ट ३ जनालाई पुरस्कृत गरि पहिलो हुनेलाई आफ्नो परियोजना प्रस्तुत गर्न सम्मेलनमा अवसर दिईने छ । नगरको विकासका लागि ज्ञान र स्रोत बढाउनलाई विकासको साझेदारहरुको दायरा फराकिलो बनाईने लगाएतका विषयवस्तुहरु समावेश गरिने जस्ता बिषयवस्तु सम्मेलनमा प्रस्तुत हुने पनि उप–प्रमुख भट्टले बताईन ।
प्रस्तुत गरिने परियोजनाहरु सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुलाई समुन्वय गरी दु्रत प्रभाब छोटो अबधि र लामो अबधि गरि तिन भागमा पहिचान गरीने धनगढी उप–महानगरपालिकाका प्रवत्ता सन्तोष मुडभरीले बताए । उक्त प्रस्तुतिहरु सम्बन्धित क्षेत्रका बिशेषज्ञ बाट प्रस्तुत गरी उपस्थित सम्पुर्ण सहभागिहरु माझ बृहत छलफल गरि परियोजनालाई अन्तिम रुप दिईने प्रवत्ता मुडभरीले बताए । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले धनगढी विकास सम्मेलन एतिहासिक हुने बताए ।
धनगढीमा हुने विकास सम्मेलनको तयारी पुरा
धनगढीमा हुने विकास सम्मेलनको तयारी पुरा