कृष्णपुर अडिसन भोलि
धनगढी । प्रभात शैक्षिक मञ्चको आयोजनामा भईरहेको वाइवाइ एसईई क्वीज अन्तरगर्त आज धनगढी अडिसन सम्पन्न भएको छ । धनगढीको त्रिनगर माविमा अडिसन सम्पन्न भएको हो । सदूरपश्चिमका ९ जिल्लाका २० स्थानमा भईरहेको वाइवाइ एसईई क्वीजको १९ औँ अडिसन आज भव्यताका साथ सम्पन्न भएको छ । जसमा पञ्चोदय मावी हसनपुर प्रथम भएको छ भने द्वितिय सरस्वती मावी मनहेरा भएको छ । त्यस्तै त्रिनगर मावी तृतिय भएको छ ।
आज भएको प्रतियोगितामा १० वटा विद्यालयको सहभागीता रहेको थियो । आज भएको अडिसनका विजेताले मेडल प्रमाण पत्र सहित वाइवाइ र रेडिकल एकेडेमीका तर्फबाट गिफ्ट ह्याम्पर, छात्रवृत्ती कुपन प्राप्त गरेका छन् भने आउँदो वैशाख ४ गते धनगढीमा आयोजना हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने आवसर पाउनेछन् । भोली २० औ अडिसन कञ्चनपुरको कृष्णपुर नगरपालीकाको ज्योती ई।बो। स्कूलमा हुनेछ ।
जसमा करिब २० विद्यालयको सहभागिता हुने संचालक कुबेर खड्काले जनाएका छन् । सिजी कम्पनीको उत्पादन वाइवाइ चाउचाउको शीर्ष प्रायोजनमा फलामे ढोकाको रूपमा लिइने एसइई परीक्षा केन्द्रित बनेर एसइई क्वीज २०७६ हाजिरी जवाफ प्रतियोगिता आयोजना भईरहेको हो ।प्रतियोगिताको फाईनलमा रु ५० हजार बढीको नगद पुरस्कार सहित ब्रिजकोर्ष पुरै निःशुल्क र कक्षा ११र१२मा छात्रवृत्ति पनि प्रदान गरिनेछ ।
यस प्रतियोगिताको फाईनलमा प्रथम हुने टोलीले नगद पुरस्कार रु ३० हजारका साथमा प्रमाणपत्र, ट्रफी, मेडल,विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् भने विजेता टोलीका टोलीका हरेक विद्यार्थीलाई एसइई पछिको ब्रिजकोर्षमा १०० प्रतिशत छात्रवृत्ति र कक्षा ११ माअध्ययनगर्न छात्रवृत्ति प्रदान गरिनेछ ।प्रतियोगिताको फाइनल दोस्रो हुने टोलीले नगद पुरस्कार रु १५ हजारका साथमा प्रमाणपत्र, ट्रफी, मेडल,विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन्।