धनगढी, फागुन १२- सेन्चुरी कमर्सियल वैंक धनगढी शाखाले शिवपुरी धाममा दान पेटिका र धुप स्टान्ड वितरण गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत शिवपुरी उत्तरार्मेश्वर धाममा २ थान दान पेटिका र ४ थान धुप स्टान्ड वितरण गरिएको हो । सेन्चुरी कमर्सियल वैंक धनगढी शाखाका प्रवन्धक तपराज जोशीले धामका पदाधिकारीहरुलाई ती सामाग्रीहरु हस्तान्तरण गरेको वैंकका डिआरएम चन्द्र वडुले जानकारी दिनुभयो ।
वैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको छ । यसपाली धार्मिक आस्थाको केन्द्र बन्दै गएको शिवपुरी धाममा सहयोग गरेको वैंकले जनाएको छ ।