राष्ट्रिय खोप कार्यक्रम सफल बनाउन स्वास्थ निर्देशनालय राजपुर डोटीले सुदुरपश्चिम प्रदेशका अस्पतालका चिकित्सक लाई अभिमुखिकरण कार्यक्रम गरेको छ ।
दाुदुरा रुबेला खोप अभियान , नियमित खोप सेवामा रोटा खोपको सुरुवात तथा खोप पश्चात हुन सक्ने अवान्छित घटना ब्यबस्थापन सम्बन्धी अभिमुखिकरण गरेको हो ।
राष्ट्रिय खोप कार्यक्रम र राष्ट्रिय लक्ष्य नयाँ तथा कम प्रयोगमा रहेका खोपहरुको बिस्तार गरी बालमृत्युदर घटाउन र प्रत्येक बालबालीकाले पुर्ण खोप लगाएको सुनिश्चित गर्न नयाँ तथा कम प्रयोग भएका खोपहरु समावेश गरी खोपबाट जोगाउन सकिने रोगहरुको नियन्त्रणलाई अझै बढावा दिने,खोप कार्यक्रमको ब्यवस्थापनमा नविनतम प्रविधि, खोपबाट बचाउन सकिने रोगहरुको खोजपडताल (सर्भिलेन्स) कार्यलाई विस्तार गर्ने,अनुसन्धान र सामाजिक परिचालनमा बढावा दिने साथै दिगो वित्तिय ब्यवस्थापन सुनिश्चित गर्ने लक्ष्य रहेको स्वास्थ निर्देशक डा. गुणराज अबस्थीले बताउनुभयो ।
बहुबर्षिय खोप योजना अन्र्तगत नेपाललाई खोपवाट बचाउन सकिने रोगहरुलाइ शुन्य अवस्था पु¥याउने दुर दृष्टि रहेको, . खोप कार्यक्रम मार्पmत सवैको पहुंच (equitable manner) हुने गरी प्रत्येक बालवालिका र गर्भवति महिलालाई गुणस्तरिय, सुरक्षित र सर्वसुलभ खोप सेवा निरन्तर रुपमा प्रदान गर्ने र बालबालिकामा खोप बाट बचाउन सकिने रोगवाट हुने बिरामीदर, अपाङ्गदर र मृत्युदरलाई कम गर्न नै खोप कार्यक्रमको प्रमख लक्ष्य रहेको स्वास्थ निर्देशनालयका मेडीकल अफिसर डा. भुषण मिश्र ले बताउनुभयो । .
नेपाल सरकार ले बार्षिक खोप खरीदमा १ अर्ब ६५ करोड , Gavi बाट बस्तुगत सहयोग खोप तथा कोल्ड चेन सामाग्री १ अर्ब भन्दा माथी लगानि गर्दे आएको छ ।
दादुरा रुवेला खोप अभियान सम्बन्धि प्रदेशस्तरीय गोष्ठिको उद्धेश्य
दादुरा रुबेला खोप अभियान २०७६÷७७ को औचित्य र संचालन प्रक्रियाबारे जानकारी गराउने जिल्ला, पालिका र स्वास्थ्य संस्था स्तर सम्म संचालन गरिने दादुरा रुवेला खोप अभियानका क्रियाकलापहरु संचालनको लागी सहजकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने अभियान सफल बनाउन सबै तह बिच समन्वय, सहकार्य र सहजिकरणको लागी तहगत भुमिका र जिम्मेवारीको बारेमा छलफल गरी योजना बनाउने .खोप अभियान सञ्चालन सम्बन्धी जिल्ला स्तरिय कार्य योजना तर्जुमा गर्ने .दादुरा रुवेला खोप अभियान सम्बन्धि प्रदेशस्तरीय गोष्ठिको उद्धेश्यरहेको स्वास्थ निर्देशनालय बाल वास्थ कार्यक्रम संयोजक मिन राज जोशीले बताउनु भयो ।
प्रदेशको अगुवाईमा यो अभियान सफल बनाई सबै तहमा ९५ प्रतिशत भन्दा माथि कभरेज भएको सुनिश्चत गर्न अभियानका सबै क्रियाकलापहरु प्रभावकारी रुपले सम्पन्न गर्न सहज हुनको साथै नियमित खोप कार्यक्रम सुदृढीकरण भई पुर्ण खोप सुनिश्चत गर्न सहज हुने , प्रदेशमा यसै आ.व.बाट शुरुवात हुने नयां खोप रोटा र सरसफाई प्रवद्र्धन कार्यक्रम वडा स्तर सम्म प्रभावकारी रुपले संचालन हुने लक्ष्य रहेको छ । .