• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

प्रधानमन्त्री कप महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

धनगढी, २ माघ /  प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेटमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । बुधबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो ।

गण्डकी प्रदेशले दिएको ७१ रनको लक्ष्य एपीएफले ९.३ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो । एपीएफका लागि कप्तान इन्दु बर्मा २६ र रोमा थापा १४ रनमा अविजित रहे । यस्तै, ममता चौधरीले १८ र राजमति ऐरीले ८ रनको योगदान दिए । गण्डकीका लागि आकृति तिवारी र यशोदा भुजेलले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले निर्धारित १५ ओभरमा ५ विकेटको क्षतिमा ७० रनको योगफल तयार पारेको थियो । गण्डकीका लागि कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन जोडिन् ।यस्तै, रेखा तामाङले १७ र श्रेया शाहीले १३ रन जोड्दा निरुता जीटी ५ रनमा अविजित रहिन् । गण्डकीका मनिका लामिछाने र आकृति तिवारी भने शून्य रनमै पभिलियन फर्किएका थिए ।

एपीएफका लागि बिनु बुढाले २ र करुणा भण्डारीले १ विकेट लिए । प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जित हो । यसअघि मंगलबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशमाथि १ सय ११ रनको फराकिलो जित निकालेको थियो । गण्डकी प्रदेश भने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ७ विकेटले पराजित भएको थियो । दोस्रो जितसँगै समूह ए मा रहेको एपीएफ २ खेलबाट ४ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सुदूरपश्चिम प्रदेशको १ खेलबाट २ अंक छ । एपीएफ रहेको समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश छन् ।

बुधबार, माघ ०२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.