धनगढी, ७ फागुन- सडक निर्माणका क्रममा रुख काटेको भन्दै वन कार्यालयले चन्दनचौकी फुलवारी चौमला सडकको निर्माण कार्य रोकिएको छ ।
कैलालीमा निर्माणधिन चन्दनचौकी फुलवारी चौमला सडक वन क्षेत्र क्षति पुगेको भन्दै निर्माण कार्य रोकिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर –१४ स्थित जनकल्याण सामुदायिक वन क्षेत्रमा सडकको निर्माण कार्य रोकीएको हो ।
वातावरण प्रभाव मुल्याङ्कन नै नगरी वन बिनाश गर्ने गरी खडक निर्माण गरेको भन्दै सब–डिभिजन वन कार्यलय फुलवारीले निर्माण कार्य रोकेको हो । निमय बिपरित काम गर्ने निर्माण कम्पनीलाई सामुदायिक वनको नियम अनुसार कारवाही गर्न स्थानिय जनकाल्याण सामुदायिक वन उपभोक्ता समुहलाई जिम्मा दिईएको सब डिभिजन वन कार्यलय फुलवारीका अधिकृत निरन्जन कडेलले जानकारी दिएका छन् । निर्माण कम्पनीले अटेर गरे वन ऐन अनुसार कारवाही गरिने कडेलको भनाई छ ।
स्थानिय उपभोक्तहरुले भने विकास निर्माण कार्य रोक्न नहुने बताएका छन् । सडक क्षेत्रमा पर्ने रुखहरुको ब्यबस्थापन छिटो गरेर निर्माण कार्यलाई अगाडी बढाउने पर्ने स्थानिय लक्ष्मण फुलाराले बताए । चौध किलो मिटर लम्वाई रहेको चन्दनचौकी फुलवारी चौमला सडक निर्माणको कार्य नागार्जन कन्ट्रक्र्सन प्रालीले गर्दै अएको छ । सो सडक अन्तरगत करिब २ किलो मिटर जती सामुदायिक वन क्षेत्र रहेको छ ।




