समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था दारी ग्याङले देशैभरि आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको क्रममा दारी ग्याङले सुदूरपश्चिम प्रदेश का विभिन्न ठाउँमा विभिन्न कार्यक्रमको आयोजना समेत गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा रहेको सामाजिक कुरीति तथा सामाजिक रूपान्तरणका लागि अझै सशक्त भई विभिन्न समुदाय,संस्था सँग सहकार्य गरी अघि बढ्ने दारी ग्याङ सुदूरपश्चिम प्रतिनिधि दिनेश बोहराले बताए ।
सो अवसरमा दारी ग्याङ धनगढीले देशकै दोस्रो अपाङ्ग मैत्री स्कुल सु.प समावेशी आधारभूत विद्यालय अत्तरिया, मा रहेका अपाङ्गता भएका छात्र,छात्राहरू लाई आवश्यक पर्ने शैक्षिक सामग्री हस्तान्तरण गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवकै अवसरमा दारी ग्याङ कञ्चनपुरले नेपाल भारत को पश्चिमी सिमानाका गड्डा चौकी नजिक महाकाली नदीबाट बालुवा गिट्टी ढुवानी गर्ने टिप्पर र ट्रयाक्टर चालकहरूलाई दुर्घटना न्यूनीकरण सम्बन्धी सचेनतात्मक कार्यक्रम गरिएको छ।

वर्तमान समयमा सवारी दुर्घटना बढ्दै गएको र त्यसमा ट्रिप्पर बाट दुर्घटना धेरै हुने गरेकाले उक्त कार्यक्रम गरिएको जनाएको छ । यस कार्यक्रम लाई अभियानकै रूपमा लैजाने दारी ग्याङ कञ्चनपुरका प्रतिनिधि भोजराज भट्टले बताए ।यस्तै दारी ग्याङ डडेलधुराले पनि वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
अजयमेरू गा. पा वाड नं १ मा रहेको बाल कल्याण मा.वि. मा अध्ययनरत जेहेन्दार तथा निम्न आर्थिक स्थिति भएका बिद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री सहयोग गरेको छ। आगामी दिनमा दारी ग्याङ अजयमेरू अझै क्रियाशील भएर काम गर्ने डडेलधुरा प्रतिनिधि हिमाल ऐरले बताए ।
दारी ग्याङ फूलबारीले पनि डी.गाउँमा ट्राफिक प्रहरी सँगको सहकार्यमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी दारी ग्याङ चौथो वार्षिकोत्सव मनाएको छ। ग्रामीण क्षेत्रमा ट्राफिक नियम सम्बन्धी जनचेतना फैलाउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने दारी ग्याङ फूलबारी प्रतिनिधि सुरेश कुमार भाटले बताए ।