धनगढी, ६ फागुन- सुचनामा माग गर्दा सुचना नदिएपछि बडिकेदार गाउँपालिका डोटीलाई सूचनाको हक सम्बन्धि ऐन प्रयोग गरी सुचना माग गरिएको छ ।
बडिकेदार गाउँपालिकाले सडकका योजना बितरण तथा काम सम्पन्न गरी बिल भुक्तानीका प्रक्रियामा अनियमियतताको आशंकामा पटक–पटक सुचना माग गर्दा नदिएपछि स्थानीय केशबबहादुर बमले सुचनाको हक प्रयोग गरी सुचना माग गरेका हुन् ।
गाउपालिकालाई सडक निर्माण प्रकृयाका बारेमा बुझ्न खोज्दा सुचना नदिएपछि सूचना नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४को दफा ३ र ७ अनुसार सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपि उपलब्धका माग गरेका बमले बताए । बलमे फागुन ५ गते गाउपालिकामा सुचना पाउ भनि निवेदन दर्ता गराएको बताए ।
उनले बडिकेदार गाउपालिका डोटीमा संचालित सुनालेक बडा कार्यालय देखी ओखलढुङ्गा सडक, सुनालेक कालीपोखरी जैसीबाज हुदै लटाली जोड्ने कृषि सडक, खडेउली टिमुटा जुनी चौतारी हुदै बरालगाउ जोड्ने सडक, खडेउली छेडा कृषि सडक, बागछेडा देखी पातल जोड्ने कृषि सडक, अत्तरकाडा रिखे हुदै केदार जोड्ने सडक, नेटाखान मार्कोट सडक, बिपिनगर कडवनी हुदै रिसडी जोड्ने सडकको आर्थिक बर्ष २०७४/०७५ देखीको यस आर्थिक बर्ष २०७५/०७६को सम्पुर्ण स्टमेट, सम्झौता र भुक्तानीको सम्पुर्ण बिल भर्पाईको बिवरणको प्रतिलिपी तथा सुनालेक बडा कार्यालय देखी ओखलढुङ्गा सडकको बिवादीत बिषयमा गाउपालिकामा सुरक्षा निकाय, सर्बदलिय सहित बसेको बैठकको प्रतिलिपि र उक्त सडकको बिवादीत बिषयमा अख्तियार अनुसन्धाद दरुपयोग आयोग महेन्द्रनगरबाट आएको प्रतिलिपि र गाउपालिकाको जवाफको समेत सुचना माग गरेका हुन् ।
निवेदन दर्ता गर्दै बडिकेदार गाउपालिकाका निमित्त कार्यकारी प्रमुख दिपक बहादुर बमले जनताले पाउने सुचनाको अधिकारलाई रक्षा गर्दै सबै सुचना नियम अनुसार दिने समेत बताएका छन् ।

