गगन अयडी,
धनगढी ३ फाल्गुन
धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क मधुमेह जाँच र घरदैलो अभियानको फाल्गुन ३ गते एक महिना पुगेको छ । एक महिनाको अबधिमा धनगढी उप महानगरपालिका वडा नम्मर ५ र ६ का बिभिन्न ४ स्थानमा गरीएको निःशुल्क मधुमेह जाँच र घरदैलो अभियानमा महिला र पुरुष गरी जम्मा ३३२ जनाको चेक जाँच गरेको छ ।
चेक जाँच गर्ने क्रममा ३६ जना मधुमेहका रोगीहरु देखा परेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष मिन बहादुर धामीले बताए ।
हरेक हप्ताको शनिबार धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क मधुमेह जाँच र घरदैलो अभियानको सुरुवा हो , धनगढी उपमहानगरपालिका ६ ढुङ्गेबजारमा रहेको कृष्ण मन्दिरबाट अभियानको सुरुवात गरिएको थियो ।
त्येसैगरी धनगढी उपमहानगरपालिका वडा नम्मर ५ मा रहेको बालबिहानि बोडिङ ईस्कुल, ज्ञाननिकेतन , र शारदा उ मा वि मा निःशुल्क मधुमेह जाँच गरेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक महेन्द्र साउँदले बताए । शनिबार भएको शारदा उ मा वि मा भने महिला पुरुष गरी ५३ जनाको जाँचमा ७ जना मधुमेहका रोगीहरु भेटीएको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष धामीले बताए ।
मधुमेह अर्थात डाइबेटिसलाई सामान्य भाषामा चिनी रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो । यो प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन्छ । इन्सुलिन हर्मोनको अनियमितता हुँदा मधुमेह रोग लाग्ने गरेको डा निराजन दत्त शर्माले बताए । उहाले भन्नुभयो चिनिको मात्रा कम , गुलियो खानेकुरा खादा ध्यान दिनुप्रर्ने बताए । पछिल्लो समयमा ग्रामीण क्षेत्रमा भन्दापनि शहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । त्यसैले यो अभियानलाई शहरी क्षेत्रमा भन्दा गाउ बस्तितिर लैजाने प्रयास रहेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक साउँदले जानकारी दिनुभयो ।