धनगढी,३ फागुन
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले विद्यार्थीहरुलाई सामाजिक उत्तरदायीत्व सिकाउन शिक्षकहरु संग आग्रह गरेका छन् ।
शनिवार धनगढी उप–महानगरपालिका १ मा रहेको हिलवल्र्ड बोडिङ्ग स्कुलको १७ औं बार्षिकोत्सव तथा अभिभावक दिवशमा बोल्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । तपाईहरुले पढाएका विद्यार्थीहरुले कुन ग्रेड ल्याए भन्ने कुराले केहि महत्व राख्ला नगरप्रमुख वडले भने, त्यो भन्दा बढी महत्व तपाईको विद्यालयको बच्चा सामाजिक उत्तरदायीत्व र जिम्मेवारीका बारेमा कति जानकारी राख्दछ भन्ने कुराले राख्दछ ।
अभिभावकहरुले पनि समाजको जिम्मेवारी बुझेको छैन भने मेरो छोरा डाक्टर वा ईन्जीनियर भयो भनेर फुर्ति गर्नुको कुनै अर्थ हुदैन नगरप्रमुख वडले भने, त्यसैले समाजलाई देशलाई बुझ्ने शिक्षा सन्तानलाई दिनुहोस । त्यसैगरी धनगढी नगरप्रमुख वडले धनगढी उप–महानगरपालिका ५ मा रहेको नन्दीनाज ऐकेडेमीको आभिभावक दिवशको उद्घाटन गरेका छन् । नगरप्रमुख वडले धनगढी उप–महानगरपालिकाले पहिलो प्राथमिकतामा शिक्षालाई राखेको बताए । उनले भने, यो क्षेत्र पछाडी पर्नुको कारण शिक्षा नै हो त्यसैले धनगढी उप–महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
धनगढी उप–महानगरपालिकाले हरेक घरमा करेशावारी प्रवद्र्धनका लागि अभियान संचालन गरेको जानकारी दिए । उनले भने, हामीले यसका लागि बिउबिजन देखि कृषी यन्त्र सम्म सहयोग गरेका छौं । बार्षिकोत्सव कार्यक्रममा समाज र विद्यालयको बिभिन्न पक्षमा योगदान पु¥याएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
विद्यार्थीलाई सामाजिक उत्तरदायीत्व सिकाउनु होस : नगरप्रमुख वड
विद्यार्थीलाई सामाजिक उत्तरदायीत्व सिकाउनु होस : नगरप्रमुख वड