बझाङ्ग ३ फागुन
बुङ्गल नगरपालिका मेयर धन बहादुर बिष्टले बुङ्गल क्षेत्रमा भएका धार्मीक तथा पर्यटकिय क्षेत्रको विकासको लागी विशेष योजना ल्याएको बताएका छन् ।
बाईसधारा त्रिवेणी धामको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन कार्यक्रममा बाल्दै मेयर बिष्टले सो कुरा बताएका हुन् । उनले जिल्लाको दुर्गम मानिने बुङ्गल क्षेत्रको पर्यटन विकासको लागि बाईसधारा धाममा पहिलो पटक महायज्ञको आयोजना गरिएको बताए । उनले बुङ्गल नगरपालिकामा थुप्रै धार्मीक तथा पर्यटकिय क्षेत्रहरु रहेको भएपनि प्रचारप्रसार अभावले आझेलमा पर्दै गएको बताए ।
बड्ढी ज्यावन, शाण्डिल्य क्षेत्र, थानपाटन, खोल्लेक, रनाडा, धौलकाडा, पुरनचोली जस्ता धार्मीक क्षेत्ररुको विकासको लागी नगरपालिकाले विशेष योजना बनाएर अगाडी बढेको बताए । उनले यस्ता पर्यटकिय क्षेको प्रचारप्रसार गरेर पर्यटन भित्र्याउन सकेको नगरपालिको विकासमा टेवा पुग्ने बताए । उनले बुङ्गल क्षेत्रमा भएका जडीबुटी लगाएत विभिन्न प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना रहेकोले यि स्रोत साधनको परिचालन गरि स्वरोजगारी बन्न सकिने बताए ।