बेइजिङ । चीनको रेडक्रस सोसाइटी र रेडक्रस फाउन्डेसनले कोरोना भाइरसको महामारी नियन्त्रणको आवश्यकता र दाताहरूको इच्छा अनुसार भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शुक्रबारसम्म करिब ८५ करोड युआन ९झण्डै १२ करोड ३३ लाख ७० हजार अमेरिकी डलर०को सामाजिक सहयोग स्वीकार गरेको ती संस्थाहरूले शनिबार जानकारी गराएका छन् ।
कुल ८४ करोड ९७ लाख २० हजार युआन सहयोगमध्ये ६५ करोड ६९ लाख ६० हजार युआन नगद र १९ करोड २७ लाख ७० हजार युआन बराबरको सामग्रीलाई सरूवा रोग नियन्त्रण कार्यालय र सहयोगदाताको इच्छा अनुसार आवश्यक परेको स्थानमा प्रयोग गरिने रेडक्रसले जनाएको छ । चीनको रेडक्रस सोसाइटीले प्राप्त गरेको आठ करोड २९ लाख र फाउन्डेसनले ५७ करोड ६६ लाख ६७ हजार युआन सहयोग कोरोना भाइरस सङ्क्रमणको केन्द्र हुबेईका साथै साङडोङ र चच्याङमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खर्च गरिने बताइएको छ ।
सहयोग रकम सङ्क्रमितको उपचारमा प्रत्यक्ष काम गरिरहेका चिकित्सकको सुरक्षाका लागि सामग्री र सङ्क्रमण रोकथाम र नियन्त्रण शीर्षक तथा अस्पताल निर्माणमा नै खर्च हुने संस्थाले जनाएको छ । संस्थालाई तीन करोड ३३ लाख युआन बराबरको सामग्री सहयोग थियो जुन खास प्रभावित हुबेई प्रान्तका वुहान, सियान र सिआओकन शहर र अन्य २२ प्रान्त र नगरहरूमा पठाइसकिएको छ ।
-रासस