धनगढी ३ कार्तिक/सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्काले हाम्रो मित्र देश भारतनै हो हाम्रा तिन क्षेत्र भारत सगैं जोडिएका छन् समस्या धेरै छन्, सिमाका समस्या दुई देशका सरकारले समाधान गर्नुपर्ने बताएका छन् । उनले भने सामान्य समस्या आइरहन्छन् ति आपसी रुपमा समाधान गर्नुपर्छ, यि बाहेक भारतबाट हामीले लाभ लिन सक्ने थुप्रै आधार छन्, हामीले नेपालबाट भारतमा बिधुत निर्यात गर्न शुरु गरिसकेका छौँ त्यसले आर्थिक लाभ भइरहेको छ ।”
भारतबाट बढी भन्दा बढी लाभ लिनु पर्ने बताएका छन् । नेपाल भारत मैत्री सघं सुदुरपश्चिम प्रदेशको प्रथम साधारणसभा लाई सम्बोधन गर्दै मन्त्री खड्काले भारतबाट बिभिन्न माध्यमबाट लाभ लिनुपर्ने बताएका हुन् । नेपालीको लाभ लिन सक्ने सबैभन्दा नजिकको बजार भारतनै रहेको मन्त्री खड्काले बताए ।
हामीले उत्पादन गरेको बिभिन्न जडिबुटी भारत निर्यात गर्ने र भारतका पर्यटक नेपाल तान्ने वातावरण बनाउनुपर्छ मन्त्री खड्काले भने “हामी नेपाली उत्पादन भारत निर्यात र भारतिय पर्यटक नेपाल तान्ने वातावरण जबसम्म बनाउन सक्दैनौँ तबसम्म आर्थिक सकंटबाट मुक्त हुन सक्दैनौँ, त्यस कारण सरकारले नेपालका पर्यटकिय क्षेत्रसम्मका भौतिक पुर्वाधार बिकासमा ध्यान दिनुपर्छ र तपाइ जस्तै निजि सघं संस्थाहरुले यहाँको उत्पादन भारत निर्यात गर्ने र भारतका पर्यटक नेपाल तान्नेमा सहयोग गर्नुपर्छ ।”
नेपाल भारत मैत्री सघंका केन्द्रिय उपाध्यक्ष तथा सुदुरपश्चिम सयोंजक हरि शकंर ठाकुरको अध्यक्षतामा आयोजित प्रथम साधारणसभामा केन्द्रिय सदस्य जागृती बोगटी, पुस्प जोशी लगायत ९ वटै जिल्लाका प्रतिनिधी तथा प्रदेशका पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।