• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
मङ्गलबार, भदौ ०९, २०८३
मङ्गलबार, भदौ ०९, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. सभामुख भण्डारीले अप्रत्यक्ष रुपमा मुख्यमन्त्री भट्टलाई सहयोग गर्न देउवालाई पदमुक्त गरे ; के भन्छन् निवर्तमान मुख्यमन्त्री शाह ?

  • २. पुजा धानुक मृत्यु प्रकरण : श्रीमान र नन्द जेल चलान, ३ जना धरौटीमा छुटे

  • ३. एम्बुलेन्सको ‘ठेक्का शैली’माथि प्रश्न उठेपछि मन्त्रालयको कडाइ, अनुमति लिन सबै सञ्चालकलाई निर्देशन

  • ४. अत्तरियामा बसले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु

  • ५. अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ

  • ६. अलौकिक प्रसिद्ध देवी बडीमालिकाको परिचय तथा पदयात्रा स्मरण

  • ७. खप्तड यातायातद्वारा ५ वटा ‘आसन एक्सप्रेस’ एसी बस सञ्चालनमा

  • ८. सुदूरपश्चिममा बालमैत्री व्यवसाय र बालश्रममुक्त समाज निर्माणमा निजी क्षेत्रको सामूहिक प्रतिबद्धता

  • ९. गरिमा चौधरीको न्याय माग्दै धनगढीमा विद्यार्थीको प्रदर्शन

  • १०. सुदूरपश्चिम मुख्यमन्त्री भट्टले विश्वासको मत पाए

गरिमा चौधरीको न्याय माग्दै धनगढीमा विद्यार्थीको प्रदर्शन

धनगढी, ८ भदौ  / मधेश प्रदेश बारा जिल्लाकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा देशभर भइरहेका प्रदर्शनअन्तर्गत धनगढीमा पनि विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन तथा दीप प्रज्वलन गरेका छन्।

स्वतन्त्र विद्यार्थी युनियन, कैलाली बहुमुखी क्याम्पसको आयोजनामा धनगढी–१ स्थित पार्क मोडमा सोमबार विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूको सहभागितामा प्रदर्शन गरिएको हो।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले बालिका तथा महिलामाथि हुने हिंसा र बलात्कारका घटनामा दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। उनीहरूले ‘छोरी चेलीको रक्षा गर, नत्र कुर्सी खाली गर’, ‘स्टप रेप’, ‘बलात्कारी मुर्दाबाद’, ‘अपराध लुकाउने होइन, अपराधीलाई सजाय गर’, ‘नारीको सुरक्षा सुनिश्चित गर’ र ‘बलात्कारविरुद्ध शून्य सहनशीलता’ लगायतका नारा लगाएका थिए।

यस्तै, प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘आयो भन्थे नयाँ सत्ता, गयो कहाँ छैन पत्ता’ भन्दै सरकारप्रति पनि आक्रोश व्यक्त गरेका थिए।

न्यायको माग गर्दै गरिएको कार्यक्रममा विद्यार्थीहरूले नाराबाजीसँगै साहित्यिक रचना तथा आफ्ना विचारसमेत प्रस्तुत गरेका थिए। सहभागीहरूले बालिका तथा महिलाको सुरक्षा राज्यको प्रमुख दायित्व भएकाले यस्ता घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा गरिमा चौधरीको घटनामा न्याय सुनिश्चित गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन राज्यले प्रभावकारी सुरक्षा र कानुनी व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग गरिएको थियो।

शान्तिपूर्ण प्रदर्शनपछि मौन धारण र दीप प्रज्वलन गरेर कार्यक्रमको समापन गरिएको थियो।

सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिम गाईजात्रा सिजन–२ मा बेहडाबाबा मन्दिर व्यवस्थापन समिति प्रवर्धकका रूपमा रहने 
अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ
बालअधिकारका कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याउन प्रदेश सरकारसँग माग

Recent Posts

  • सुदूरपश्चिम गाईजात्रा सिजन–२ मा बेहडाबाबा मन्दिर व्यवस्थापन समिति प्रवर्धकका रूपमा रहने 
  • अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ
  • बालअधिकारका कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याउन प्रदेश सरकारसँग माग
  • तीनवटै सरकारको सहकार्य भएपछि मात्रै नागरिकले संघीयताको अनुभूति गर्न पाउँछन् : मुख्यमन्त्री भट्ट
  • सशस्त्र प्रहरीका आईजीपी पौडेलले गौरीफन्टा नाकाको निरीक्षण गरे

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.