• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सन्ध्याकालीन धनगढी उत्सवको रौनक दिनप्रतिदिन बढ्दै

धनगढी, २५ जेठ /  धनगढीमा जारी सन्ध्याकालीन धनगढी उत्सव–२०८३ को  रौनक दिनप्रतिदिन बढ्दै गएको छ । आज पाँचौँ दिन दर्शकहरूको उल्लेखनीय सहभागितासँगै उत्सवस्थल सांस्कृतिक र मनोरञ्जनात्मक गतिविधिले भरिभराउ बनेको थियो। स्थानीय कला, संस्कृति तथा सिर्जनशील प्रतिभाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उत्सवले दिनप्रतिदिन थप आकर्षण बटुल्दै गएको आयोजक प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडालले बताए ।

उत्सवमा दैनिक रूपमा प्रस्तुत हुने सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरूले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला–संस्कृतिप्रति आकर्षित गरिरहेका छन्। विभिन्न उमेर समूहका दर्शकहरूको उपस्थितिले उत्सवस्थलमा उत्साहपूर्ण वातावरण सिर्जना भएको आयोजकले जनाएको छ।

धनगढी उपमहानगरपालिकाको कार्यालयदेखि राष्ट्र बैंक चोकसम्मको क्षेत्रमा सञ्चालन भइरहेको उत्सव प्रभात इभेन्ट एण्ड मिडिया प्रालिको आयोजनामा भइरहेको हो। उत्सवको औपचारिक उद्घाटन बिहीबार गरिएको थियो।

आयोजकका अनुसार उत्सव असार ११ गतेसम्म सञ्चालन हुनेछ। गर्मीयामलाई ध्यानमा राख्दै उत्सव दैनिक साँझ ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन भइरहेको छ। उत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि तथा स्थानीय प्रतिभाहरूको प्रस्तुति निरन्तर रहने जनाइएको छ।

उत्सव परिसरमा करिब ३० वटा विभिन्न स्टल, मनोरञ्जनात्मक मेला तथा सांस्कृतिक गतिविधिहरू समावेश गरिएका छन्। प्रवेश शुल्क विद्यार्थीका लागि २० रुपैयाँ र सर्वसाधारणका लागि ३० रुपैयाँ निर्धारण गरिएको छ।

उत्सवका संयोजक तथा कार्यक्रम सञ्चालक गुणाकर पनेरुले उत्सवले स्थानीय भाषा, कला, संस्कृति तथा सिर्जनशील प्रतिभाको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। आयोजकले उत्सवमा सहभागी भई स्थानीय कला, संस्कृति र प्रतिभालाई प्रोत्साहन गर्न सम्पूर्ण नगरवासी तथा दर्शकलाई आग्रह गरेका छन्।

यस्तै उत्सव सञ्चालन रेखा धानुकले पनि गरिरहेकी छन्।

सोमबार, जेठ २५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.