• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बेहडाबाबा मेलामा रमाईलो मेलाको ठेक्कामा मनोमानी, सुचना बिनै ३ वर्षे सम्झौता

धनगढी , २७ वैशाख/धनगढी १६ बेहडाबाबा मन्दिर परिसरमा सञ्चालन हुने रमाइलो मेलाको ठेक्का सुचना बिनै ३ वर्षे सम्झौता गरेपछि बिवाद बढेको छ । सम्झौता प्रक्रिया बिनतै एकलौटी बिना प्रतिस्पर्धा नगराई सम्झौता गरेपछि माथि प्रश्न उठेको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर चन्दलाई सार्वजनिक सूचना बिना नै तीन वर्षका लागि सम्झौता गरेको आरोप लागेको छ।

रुक्मणी टेन्ट हाउसका सञ्चालक सुरेश शाहले मन्दिर व्यवस्थापन समितिले एक वर्षको सूचना निकालेर पछि “आपसी समझदारी” को नाममा तीन वर्षे सम्झौता गरेको भन्दै आपत्ति जनाएका छन्। शाहले स्थानीय व्यवसायीलाई प्राथमिकता नदिइएको र भारतीय नागरिकले नेपाली नागरिकका कागजपत्र प्रयोग गरेर ठेक्का लिएको आरोप समेत लगाए।

सुदूरपत्रसँग कुरा गर्दै शाहले भने, “सम्झौताको सूचना एक वर्षका लागि थियो तर पछि तीन वर्षको सम्झौता गरिएको छ। स्थानीयलाई बेवास्ता गरेर बाहिरी व्यक्तिलाई प्राथमिकता दिइयो।” उनले भन्सार सम्बन्धी प्रक्रिया र राजस्व तिर्ने विषयमा समेत प्रश्न उठाएका छन्। शाहका अनुसार मेलासँग सम्बन्धित सामग्री भन्सार गर्दा तीन महिनाको धरौटी काटिएको हुन्छ र उक्त अवधि समेत पूरा भइसकेको दाबी गरे। “राजस्व समेत पूर्ण रूपमा नतिरेको हुनसक्ने रुक्मणी टेन्ट हाउसका सञ्चालक शाहले संका व्यक्त गरे।

यता बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर चन्दले भने सम्पूर्ण प्रक्रिया कार्यसमितिको निर्णयअनुसार भएको बताएका छन्। उनले कुनै व्यक्तिगत मनोमानी नभएको दाबी गर्दै तीन वर्षका लागि बाल उद्यान सञ्चालन गर्ने सम्झौता गरिएको स्पष्ट पारे।

अध्यक्ष चन्दका अनुसार व्यवस्थापन समितिले ११ लाख रुपैयाँमा बालामुखीका सञ्चालक सोनी खानसँग सम्झौता गरेको हो। उनले सोनी खान र सुरेश शाहलाई आपसी समझदारी गरेर मन्दिर व्यवस्थापन समितिलाई ११ लाख बुझाउने गरी संयुक्त रूपमा रमाइलो मेला सञ्चालन गर्न सुझाव दिएको समेत बताए।

तर रुक्मणी टेन्ट हाउसका सञ्चालक शाहले भने आफ्नो सम्झौता प्रत्यक्ष रूपमा मन्दिर व्यवस्थापन समितिसँग हुनुपर्ने अडान राखेका छन्। उनले सम्झौताभित्र आपसी लेनदेन सम्बन्धी विषय समेत जोडिएको हुनसक्ने आशंका व्यक्त गरे। यहीँ विषयमा थप जानकारी लिनको लागि सम्पर्क गर्न खोज्दा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्दले फोन उठाएनन्।

आइतबार, बैशाख २७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.