• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बुढीतोलामा पर्यटन महोत्सव तयारी पुरा, उद्घटन १७ गते हुदै, स्थानीय पर्यटन प्रवर्द्धनको लक्ष्य

धनगढी, १६ बैशाख/कैलालीको गोदावरी नगरपालिका–४ स्थित बुढीतोलामा आयोजनामा हुने पर्यटन महोत्सवको तयारी पुरा भएको छ । वैशाख १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने यस “बुढीतोला पर्यटन महोत्सव” को सम्पूर्ण तयारी पूरा भएको आयोजक बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन समिति तथा बजार व्यवस्थापन समितिले जनाएको छ।

महोत्सवको बैशाख १७ गते बिहान ११ बजे गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। उद्घाटनअघि बुढीतोला बजार क्षेत्रमा भव्य प्रभातफेरी समेत निकालिनेछ, जसले स्थानीय समुदायको उत्साहलाई झल्काउने अपेक्षा गरिएको छ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। गायिका एलिना चौहान, गायक पुष्कल शर्मा, ज्योती मगर, चक्र बम, टंक तिमल्सिना र कमल विरही लगायतका कलाकारले आफ्ना प्रस्तुति दिने भएका छन्। यसले महोत्सवलाई सांगीतिक रंग थप्नेछ भने दर्शकहरूलाई मनोरञ्जनको विशेष अवसर प्रदान गर्नेछ।

आयोजक समितिका संयोजक हरि भट्टराईका अनुसार महोत्सवमा करिब ६० वटा स्टल रहनेछन्। विद्यार्थीका लागि ५० रुपैयाँ र अन्यका लागि १०० रुपैयाँ टिकट शुल्क तोकिएको छ। भट्टराईले आर्थिक मुनाफाभन्दा पनि स्थानीय उत्पादन, कला, संस्कृति र व्यवसायको प्रवर्द्धनलाई प्राथमिकता दिइएको स्पष्ट पारे। उनका अनुसार “हामीले स्थानीय पहिचान, उत्पादन र संस्कृतिलाई मुख्य आधार बनाएर महोत्सव आयोजना गरेका हौं।”

महोत्सवमा बुढीतोलाको मौलिकता झल्काउने सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा प्रदर्शन तथा घरेलु उत्पादनका स्टलहरू विशेष आकर्षणका रूपमा रहनेछन्। साथै, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय खानाका परिकार र सांस्कृतिक प्रस्तुतिहरूले महोत्सवलाई अझ जीवन्त बनाउनेछ।

सल्लाहकार समितिका सदस्य अशोक मल्लले यो महोत्सवले स्थानीय व्यवसायीलाई नयाँ अवसर प्रदान गर्नुका साथै क्षेत्रीय पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले बुढीतोलामा तयार पारिएको पुतली बगैचा, स्ट्याचु, भित्तेलेखन तथा “उज्यालो बुढीतोला अभियान” ले क्षेत्रको सौन्दर्य थपिएको बताए। साथै कम्पासे डाँडा, सहस्रधारा जस्ता स्थानहरू हाइकिङका लागि आकर्षक गन्तव्य बन्न सक्ने उनले उल्लेख गरे।

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार अत्तरिया चौराहाबाट करिब २० किलोमिटर उत्तरमा पर्ने बुढीतोला प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हो। भीमदत्त राजमार्गमा पर्ने यस स्थानमा कैलाली, कञ्चनपुर लगायत आसपासका जिल्लाबाट गर्मी छल्न तथा प्राकृतिक आनन्द लिन ठूलो संख्यामा पर्यटक पुग्ने गर्छन्। आयोजकहरूले महोत्सवले बुढीतोलालाई नयाँ पर्यटन पहिचान दिने र दीर्घकालीन आर्थिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बुढीतोलका पर्यटन व्यबसायी अशोक मल्लले बताएका छन् ।

 

बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.