धनगढी, १९ माघ/भारतको पलियामा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरका एक पुरुषको मृत्यु भएको छ । सोमबार पलियाबाट नेपाल तर्फ आउँदै गर्दा भएको दुर्घटनामा शुक्लाफाँटा – २ का ३८ बर्षिय पुष्पराज भट्टको कोतवाली पलियाका ईन्चार्ज पंकज त्रिपाठीले जानकारी दिए ।
सुप प्र ०१००८ प ७४९७ नम्बरको मोटरसाइकल सवार भट्टलाई बसले ठक्कर दिएको बताइएको छ ।यता जिल्ला प्रहरी कार्यालय कैलालीले दुर्घटनामा मृत्यु भएको सूचना प्राप्त भए पनि आधिकारिक जानकारी नआएको जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको फोटोमा मृतकको टाउकोमा गहिरो चोट देखिएको छ । दुर्घटना गौरीफन्टा पलिया रोडको दुधवा जङ्गल क्षेत्रमा भएको बताइएको छ ।
पलिया प्रहरीले उनको शव सामुदायिक स्वास्थ्य केन्द्र पलियामा राखिएको जनाएको छ । अहिले शब पोष्टमार्टमका लागि लखिमपुर लगिएको जानकारी प्राप्त भएको छ ।
