धनगढी, ११ माघ / कैलाली बहुमुखी क्याम्पसमा क्याम्पस स्तरीय खेलकुद सप्ताह सुरु भएको छ। आगामी एक हप्तासम्म सञ्चालन हुने प्रतियोगितात्मक खेलकुद सप्ताह आजदेखि सुरु भई माघ १७ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टले जानकारी दिए।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा खेलकुद मा क्रिकेट ,कबड्डी, भलिबल, चेस, टेबल टेनिस ,ब्याडमिन्टन, सँगै नृत्य प्रतियोगिता, हाजिर जवाफ प्रतियोगिता , वक्तित्व कला प्रतियोगिता, कविता, गजल , निबन्ध प्रतियोगिताहरु सञ्चालन गरिने क्याम्पस प्रमुख बिष्टले वताएका छन्।
प्रत्येक प्रतियोगिता सञ्चालन गर्नका लागि फरक-फरक टिम तयार गरिएको छ , विगतका वर्षहरू भन्दा यस वर्ष अझै व्यवस्थित रुपमा खेलकुद सप्ताह सुरु भएको क्याम्पस प्रमुख बिष्टको भनाइ छ।
क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टले क्रिकेट प्रतियोगिता उद्घाटन गर्दै खेलकुद सप्ताह सुरु गरेका छन्।