काठमाडौं, २० मंसिर / नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट मैदानमा शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङको निम्तो दिएका हुन्।
यो दुवै टोलीको लिग चरणको अन्तिम खेल हो। सुदूरपश्चिम हालसम्म अपराजित रहेको छ। विराटनगरले चार खेलमा जित र दुई खेलमा हार बेहोरेको छ। आजको दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ।