काठमाडौं।नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्ध टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल आज खेल्दै छ। खेल मलेसियाको कुआलालम्पुरमा विहान ११ः४५ बजे सुरु हुनेछ।
नेपालले मलेसियासँग हालसम्म ११ टी-२० अन्तर्राष्ट्रिय खेलेको छ, जसमा ७ खेलमा जित र ४ खेलमा हार व्यहोरेको छ।
पछिल्लो पटक दुवै टोली सन् २०२४ को एसीसी महिला प्रिमियर कपमा भिडेका थिए, जहाँ नेपाल ४ विकेटले पराजित भएको थियो।यस शृंखलाअघि तयारीका रूपमा नेपाली खेलाडीहरूले सेप्टेम्बर २४ देखि ३० सम्म भएको मलेसियन सुपर वुमन सिरिज मा सहभागी भएका थिए।
त्यहाँ १४ खेलाडी पाँच विभिन्न टिमबाट खेल्दै अनुभव बटुलेका थिए।आगामी जनवरीमा नेपालमै हुने महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि यो शृंखला खेलिँदैछ।अक्टोबर ८ सम्म पाँच खेल हुने कार्यक्रम रहेको छ।
नेपालको टोलीस्इन्दु बर्मा, पूजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर।