• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डडेल्धुरामा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा हस्तान्तरण

डडेल्धुरा, ७ असोज /  भूमि समस्या समाधान आयोग डडेल्धुराले अजयमेरु गाउँपालिका–५ का १४ जना अव्यवस्थित बसोबासीहरुलाई आज जग्गाधनी प्रमाण–पुर्जा हस्तान्तरण गरेको छ।

गाउँपालिका अध्यक्ष उमेश भट्ट “विकास”, उपाध्यक्ष बसन्ती पाल र प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र प्रसाद ओझालाई आयोगका विज्ञ सदस्य इन्द्र बहादुर महरा तथा नापी टोली प्रमुख (सर्भेक्षक) सन्दीप महराले प्रमाण–पुर्जा हस्तान्तरण गर्दै भूमिहीन र अव्यवस्थित बसोबासीको अधिकार सुनिश्चित गर्ने ऐतिहासिक कदम चालेका हुन्।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी लाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीलाई व्यनस्थित गरी सामाजिक न्याय, समावेशी विकास र मानव अधिकारको प्रत्याभूति गर्ने उद्देश्यले आयोगले जिल्लामा कार्यलाई तीव्रता दिएको हो। भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२(क) अन्तर्गत भूमिहीन दलित, दफा ५२(ख) अन्तर्गत भूमिहीन सुकुम्बासी र दफा ५२(ग) अन्तर्गत अव्यवस्थित बसोबासीलाई एक पटकका लागि जमिन उपलब्ध गराउने प्रावधान रहेको छ।

यस व्यवस्थाअनुसार अजयमेरुमा भएको यो हस्तान्तरण दशौँ वर्षदेखि कानूनी अधिकार नपाई बसोबास गर्दै आएका ती परिवारहरूले पहिलोपटक राज्यको आधिकारिक कागजात प्राप्त गरेका छन्।

यो कार्यलाई आयोगले भूमि अधिकार सुनिश्चित गर्ने ऐतिहासिक अभ्यासका रूपमा लिएको छ। विगतमा राजनीतिक परिवर्तन भए पनि भूमि समस्या दीर्घकालीन चुनौतीकै रूपमा बाँकी रहेको अवस्थामा डडेल्धुरामा भएको यो वितरणले सामाजिक न्यायतर्फ ठोस कदम चालेको ठहर छ।

आयोगले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरणमार्फत दीर्घकालीन सामाजिक रूपान्तरण र स्थानीय विकासलाई सबल बनाउने स्पष्ट संकेत दिएको छ।

मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.