• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

महाकाली प्रादेशिक अस्पतालमा ६४ स्लाइसको सिटी स्क्यान सेवा सुरु हुने तयारी

धनगढी,२८ भदौँ ।   महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ।

अस्पतालले ६४ स्लाइसको ‘सिटी स्क्यान’ सेवा थप गरेर आगामी सातादेखि सेवा सुरु गर्ने तयारी गरेको महाकाली प्रादेशीक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले जानकारी दिए। ु६४ स्लाइसको सिटी स्क्यान मेसिन अस्पतालमा पुगेर जडान कार्य अन्तिम चरणमा छ।ु उनले भने, अर्को हप्तादेखी सेवा सुचारु गर्ने गरी तयारीमा लागेका छौ।ु अस्पतालले सिटी स्क्यान जडानका लागि गत फागुनमा बालाजी सर्जिकल सप्लायर्ससंग तीन करोड ८३ लाख ५५ हजार ५ सय ६० रुपयाँमा सम्झौता गरेको थियो। अस्पतालमा सीटी स्क्यान सेवा सुरु भएपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने उनले बताए।

विगतको तुलनामा अस्पतालले विशेषज्ञ सहितको सेवामा सुधार गर्दै गएको अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए। ुविगतको तुलनामा यहाँबाट सेवा लिने विरामीको संख्या बढेको छ।ु उनले भने, ुयहाँको मुख्य आवश्यकता भनेको सीटी स्क्यान थियो त्यो सेवा पनि सुचारु हुने अवस्थामा छ यसले यहाँका विरामीहरुलाई ठुलो राहत पुगाउँछ।ु

उनले अस्पतालमा अहिले एउटै विभागमा दुई/तीन जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहेकाले सेवाग्राहीलाई उपचारमा सजिलो भएको बताए। ुअहिले विशेषज्ञ चिकित्सक सेवा थपिदै गएको सरकारले त्यहि अनुसारको भौतिक पूर्वाधार र स्वाथ्य उपकरण पनि थपिदै गएका छन।ु उनले भने, ुअब कुनै पनि विरामीले यहाँबाट अन्यत्र रिफर हुनुपर्दैन।ु रिफर सेन्टरका रुपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ जना विशेषज्ञ चिकित्सक सहितको सेवा दिन थालेको छ।

अस्पतालमा मेडिसिन विभाग,हाडजोर्नी विभाग,सर्जरी विभाग,स्त्री तथा प्रसुती रोग विभाग,रेडीयोलोजी,एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा थपिएको हो। अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सककोे दरबन्दी रहेको भएपनि अहिले एक जना मात्रै दरबन्दीमा कार्यरत छन। अन्य विशेषज्ञ चिकित्सक छात्रवृत्ति करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा सेवा दिदै आएका छन।

ुअस्पतालमा सीटी स्क्यान सेवा नहुँदा यहाँबाट दैनिक ८र१० जना विरामी अन्यत्र रिफर हुने गरेका थिए अब त्यो समस्या हट्ने भएको छ।ु यहाँका स्थानीय इन्द्र साउँदले भने, ुअब घर नजिकै सहुलियत शुल्कमा यहाँका स्थानीयले सीटी स्क्यान लगायतको विशेषज्ञ सेवा पाउनेछन।ु २०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको अस्पताल २०३१ मा २५ श्ययाको जिल्ला अस्पतालमा परिणत भएको थियो। जिल्ला अस्पतालबाट स्तरोन्ती हुर्दै २०४३ सालमा ५० शैयाको अञ्चल अस्पताल ९रेफरल सेन्टर० को रुपमा परिणत भयो। मुलुकमा संघीयतापछि प्रादेशीक अस्पतालका रुपमा स्तरोन्नती भएपछि भने अस्पतालले विशेषज्ञ सेवा दिन थालेको हो।

अस्पतालमा स्वीकृत स्थायी दरबन्दी अनुसार एघार तहका विशेषज्ञ चिकित्सक चार जना र नवौ र दश तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी छ। अहिले अस्पतालमा मेडिसिन विभागमा चार जना, हाडजोर्नी विशेषज्ञ तीन जना, स्त्री रोग विशेषज्ञ तीन जना, बालरोग विशेषज्ञ दुई जना, नाक कान घाँटी विशेषज्ञ दुई जना, एनेस्थेसियोलोजिस्ट दुई जना, सर्जरी विशेषज्ञ तीन जना र रेडियोलोजिस्ट दुई जना कार्यरत छन । त्यसैगरि एक जना मानसिक रोग विषेशज्ञ कार्यरत छन। अस्पतालमा, जनरल फिजिसियन, प्याथोलोजिस्ट,डर्माटोलोजिस्ट विशेषज्ञ चिकित्सको दरबन्दी भएपनि हालसम्म दरबन्दी अनुसारका चिकित्सकहरु उपलब्ध हुन सकेका छैनन।

शनिबार, भदौ २८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.