काठमाडौं :जेनजी आन्दोलनमा परी मृत्यु भएकाको शव आफन्तलाई हस्तान्तरण गर्न सुरु भएको छ। त्रिवि शिक्षण अस्पतालमा मृतकको शव पोस्टमार्टम गर्दै शव आफन्तलाई हस्तान्तरण गर्न सुरु गरिएको हो।
मृतकका आफन्तले जिल्ला प्रहरी परिसर काठमाडौंबाट पत्र ल्याएपछि पोस्टमार्टम गरेर शव हस्तान्तर गर्ने काम पनि सँगै भइरहेको अस्पताल स्रोतले जनाएको छ।
यही भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा हालसम्म ३५ जनाभन्दा बढीको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।