धनगढी, २५ भाद्र/सेनाले हाल देशभर लागु गरेको निषेधाज्ञा ५ बजे सकिन लागेको छ । त्यसपछि साझ ५ बजे पछि कफ्र्यु लागु हने बताईएको छ । सेनाले हाल देशभरि लागु गरिएको निषेधाज्ञा बुधवार बेलुकी ५ बजेसम्म जारी रहने र त्यसपछि बिहीवार बिहान ६ बजेसम्मका लागि कफ्र्यू आदेश जारी रहने जनाएको छ । सुदूरपश्चिम सहित देशभर यही नियम लागु हुने नेपाली सेनाले जनाएको छ ।
निषेधाज्ञामा अहिले धनगढी शान्त रहेपनि फाटफुट नागरिकहरु आवतजावत गरिरहेका छन् । कफ्र्यू लागु भएपछि सम्पुर्ण क्षेत्र बन्द हुने छन् । नेपाली सेनाको सुचना जारी अनुसार अतिआवश्यक कार्य भने गर्न पाईने बताईएको छ ।
हाल लागु गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर निरन्तर रहने सेनाले बताएको छ । बिहिबार बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी रहने सेनाले जनाएको छ ।
सैनिक प्रवक्ताले “परिस्थितिलाई सामान्यीकरण“ गर्ने प्रयासमा सेना जुटेको बताए । “मुख्य गरी परिस्थितिको फाइदा उठाएर लुटपाट गर्ने, आगजनी गर्ने र विभिन्न घटनाहरू घटाउने तत्त्वहरूलाई हामी नियन्त्रणमा लिने क्रममा छौँ,“ सैनिक प्रवक्ता राजाराम बस्नेतले भने ।
निषेधाज्ञा र कफ्र्युमा के गर्न पाइँदैन ?
निषेधाज्ञा तथा कफ्र्युमा अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुन सक्नेछ । आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले भनेको छ ।
सेनाले आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमण नगर्न आग्रह गरेको छ । यदि, यी कार्य गरेमा दण्डनीय अपराधका रूपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने सेनाले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
“राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाईराख्ने आ–आफ्नो दायित्वलाई निरन्तरता दिननुहुने कुरामा नेपाली सेना विश्वस्त छ,” विज्ञप्तिमा उल्लेख छ, “जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय सुरक्षाकर्मीहरूलाई सहयोग पु¥याउन अपिल गरिन्छ ।” सेनाले भ्रम नफैल्याउन र आधिकारिक सूचनामा मात्रै विश्वास गर्न पनि आग्रह गरेको छ ।