• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

परम्परागत थारु पहिरन बिक्री गरेर जीविका चलाउदै चौधरी

धनगढी,२३ भदौ । कैलालीको धनगढी उपमहानगरपालिका–७ जोखरतालका सुुशील चौधरी विगत एक दशकदेखि थारु समुदायका महिलाले लगाउने परम्परागत पहिरन बिक्री गर्दै आएका छन्।

उनी कञ्चनपुरका थारु बस्ती—पिपलाडी, बेलौरी, लालपुर, देखतभूली, जाई, बञ्जरिया, शान्तिपुरलगायतका क्षेत्रमा पुगेर बिक्री गर्छन्। उनले थारु महिलाको परम्परागत लेहङ्गा, चोल्या, मादलमा लगाउने झालर तथा पुरुषले लगाउने धोती बेच्ने गर्छन्। उनका अनुसार सामान्य समयमा थोरै बिक्री भए पनि दसँैं, तिहार लगायतका चाडपर्वका बेला बिक्री निकै बढ्छ। महिनामा ३० हजारदेखि ४० हजारसम्मको आम्दानी हुने उनी बताउछन्।

चाडपर्वमा भने आम्दानी तेब्बर हुन्छ। उनकी श्रीमती रुपा चौधरीले यी परम्परागत पोसाक तयार गर्ने गर्छिन्। रुपाले छ महिनाको सिलाइकटाइ तालिम लिएर थारु महिलाका लागि विशेष पहिरन बनाउँदै आएकी छिन्। उनका अनुसार, लेहङ्गा र चोल्या बनाउन तीनदेखि पाँच दिनसम्म लाग्छ। पहिरन बनाउन सितारा, कटौती, गोठ, नेफा, टुना जस्ता कलात्मक डिजाइन र रङ्गीचङ्गी कपडा प्रयोग गरिन्छ।

सामान्य लेहङ्गा बनाउन करिब तीन हजार पाँच सय लागत पर्छ, भने बुट्टावाला लेहङ्गामा छ हजार पाँच सय लागत लाग्छ। ती लेहङ्गा क्रमशः चार हजार पाँच सय सात हजार पाँच सयमा बिक्री हुन्छन्। त्यस्तै, तीन सय लागतमा तयार हुने चोल्या पाँच सयदेखि सात सयमा बिक्री हुन्छ भने तीन सयमा तयार हुने धोती भने पाँच सयमा बिक्री हुने गरेको छ। रुपाले बजारको अवस्था हेरेर मागअनुसार चोल्या र लेहङ्गा तयार गर्ने बताइन्।

अरु बेला अन्य महिलाका कपडा जस्तै लेडिज सुट, ब्लाउज, पेटिकोट, मेक्सी पनि सिलाइ गर्ने कार्य उनले गर्दै आएकी छिन्। चौधरी दम्पतीले हाल परम्परागत तथा आधुनिक कपडा तयार गर्ने पसलमा झण्डै १२ लाख लगानी गरेका छन्।सुशीलले तयारी कपडा बेच्ने कार्यसँगै फुर्सदमा प्लम्बरको काम गरेर अतिरिक्त आम्दानी गर्दै आएका छन्। चौधरी दम्पतीले कपडा व्यवसायबाट वार्षिक झण्डै छ लाख जति आम्दानी गर्दै आएका छन्। उनका अनुसार थारु महिलाले मात्र लेहङ्गा–चोल्या लगाउने भएकाले चाहेजति बिक्री सम्भव हुँदैन। त्यसैले अन्य तयारी पोसाक सिलाइको गरेर जीविका चलाउनुपर्ने बाध्यता छ। “सिलाइकटाइ र परम्परागत कपडाको आम्दानीले परिवारको घरखर्च जेनतेन धानेको छ,” उनले भने।

 

सोमबार, भदौ २३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.