धनगढी १ भाद्र/सशस्त्र प्रहरीले कैलालीको कैलारीको ३ मोहनपुर भारतबाट अबैध रुपमा ५ लाख बराबरको कुखुरा सहित ३ जना पक्राउ परेका छन् । उनीहरु सहित तिनबटा मोटरसाईकल पक्राउ परेका छन् ।
भाद्र १ गते बिहान कैलारी गापा–३ मोहनपुर बस्ने ३२ वर्षका दिपकराम चौधरी, २७ बर्षका सन्चीराम चौधरी र २० बर्षका सुवास चौधरीलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको ३४ न गणको टोलीले भारतबाट भन्सार छली नेपाल ल्याईरहेको सामग्री र ५ लाख बराबरको कुखुराको चल्ला बिशेष सुचनाको आधारमा पक्राउ गरेको हो ।
उनीहरुबाट २० कार्टुन कुखुराको चल्ला र केवल बायर बरामद गरेको बताईएको छ । बरामद गरीको कुखुराको चल्ला पशु क्वारेन्टाईन कैलाली, कुखुरा तथा अण्डा उत्पादक किसान संघ र कैलाली भन्सार कार्यालयको रहोबरमा नष्ट गरिएको छ । बरामद गरिएका मोटरसाईकल र अन्य सामग्री भन्सार बझाईएको सशस्त्र प्रहरी ३४ नम्बर गण हेडक्वार धनगढीले जनाएको छ ।
