• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

टेलिकमको नाफा तीन अर्ब ५६ करोडले घट्यो

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८१/८२ मा दुई अर्व ६६ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा तीन अर्ब ५६ करोड ७३ लाख ९ हजार (अर्थात् ५७.२१ प्रतिशत) ले कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ६ अर्व २३ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको कर अघिको मुनाफा भने ११ अर्व २१ करोड ६३ लाख रुपैयाँ रहेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा तीन करोड ४३ लाख (अर्थात् ०.३० प्रतिशत) ले कमी हो । अघिल्लो आवको सोहि अवधिको कर अघिको मुनाफा ११ अर्व २५ करोड ६ लाख रुपैयाँ थियो । यस्तै, ब्याज र कर अघिको कम्पनीको मुनाफा १९ अर्व २५ करोड ९१ हजार रुपैयाँ छ । यो रकम गत आवको सोही अवधिको तुलनामा एक अर्ब २२ करोड ९१ लाख ४६ हजार (अर्थात् ६.८२  प्रतिशत) ले बढी हो ।

कम्पनीको प्रति शेयर आम्दानी  १४.८२ रुपैयाँ छ ।

गत आवको चौथो त्रैमासिकसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३४ अर्व ५३ करोड २४ रहेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको दुई करोड ७८ लाख २३ हजार (अर्थात् ०.०८ प्रतिशत) ले कमी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३४ अर्व ५६ करोड २ लाख रुपैयाँ सञ्चालन आय गरेको थियो ।

गत आवको चौथो त्रैमासिकसम्ममा कम्पनीको कुल आय ३८ अर्व ७३ करोड ३३ लाख रुपैयाँ छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा तीन अर्ब ३८ करोड ३५ लाख ६९ हजार (अर्थात् ८.०३ प्रतिशत) ले कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ४२ अर्व ११ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

ओटिटि सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आवको चौथो त्रैमासिकसम्मको तुलनामा करिब ४१ करोड ९० लाख ७० हजार (अर्थात् १४ प्रतिशत) ले घटेको कम्पनीले जनाएको छ । साथै ओटिटि सेवाले कम्पनीको समग्र भ्वाईस एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव पारेको छ ।

कम्पनीले गत वर्ष जिएसएम अनुमति पत्र नवीकरणको लागि २० अर्ब एकमुष्ठ भुक्तानी गर्नु गरेको थियो भने सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्थाको लागि अघिल्लो वर्ष चार अर्ब ९७ करोड रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । गत आवको तेस्रो त्रैमासिकसम्म करिब १३ अर्ब १५ करोड छुट्टयाए पश्चात लगानीमा भएको कमी तथा ब्याज दर क्रमिक रूपमा घट्नुले व्याज आय अघिल्लो आवको तुलनामा तीन अर्ब सात करोड ११ लाख ४२ हजार (अर्थात् ४५.२९ प्रतिशत) ले घटेको कम्पनीले दाबी गरेको छ ।

प्रतिस्पर्धी आएसपिहरुले मोविलिटी गरी वाईफाई सेवा दिइरहेकोले मोवाइलको डेटा प्रयोगमा उल्लेखनीय कमी भएको कम्पनीले जनाएको छ ।

राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको छ । सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा गत आवमा १३ अर्ब १५ करोड निश्चित लाभ कोष सम्पतीमा थप रकम छुट्टाइएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको छ ।

कम्पनीले गत वर्षसम्म शसर्त दायित्वमा देखाएको कर लगायतका केही मुद्दाहरुको यस आवमा छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भारलाई चालु आवमा व्यवस्था गरिएको छ ।

कम्पनीले यस त्रैमासिकमा ऋण लगानीमा थप नोक्सानी व्यवस्था गरेको छ । त्यसैगरी अन्य सम्पत्तिमा पनि यस त्रैमासिकमा थप नोक्सानी व्यवस्था गरेको छ ।

कम्पनीले नेपाल लेखामान १९ अनुसारको कर्मचारीको निवृत्तिभरणको व्यवस्था हिसाबको लागि अनुमानित छुटदर हालको वित्तीय बजार स्थित तथा अपेक्षित प्रतिफलमा देखिएको गिरावटका कारण ७.५ प्रतिशतबाट ७ प्रतिशतमा घटेकोले कर्मचारीको निवृत्तिभरणको व्यवस्था बढेको कम्पनीले जनाएको छ ।

आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.