• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विस्तार हुँदै श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती

धनगढी,३१ साउन । १० वर्षअघि पश्चिम तराईको कञ्चनपुरमा सुरु गरिएको रक्तचन्दन तथा श्रीखण्डको नर्सरी तथा व्यावसायीक खेती सुदूरपश्चिमका पहाडी जिल्लामा समेत विस्तार हुन थालेको छ । स्थानीय व्यवसायीको पहलमा स्थापना भएको नेपाल चन्दन प्रालिले हाल रक्तचन्दनका बिरुवा उत्पादन गर्ने नर्सरीसँगै व्यावसायिक खेती सुरु गरेको हो । चन्दन विशेषज्ञका रुपमा पहिचान बनाएका विजयराज पन्तले २०७३ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भासीमा नेपाल चन्दन प्रालि स्थापना गरी पहिलो चरणमा परीक्षणका रुपमा ८ कठ्ठा जमिन लिजमा लिएर साझेदारी यो व्यवसाय सुरु गरेका हुन् ।

सुरुको फार्ममा रक्त चन्दनका १ सय ३ रुख हुर्किरहेका छन् । उनले ९ वर्षमै ती रुख कटान गर्ने सोचअनुसार वन विभागबाट अनुमति समेत लिएका थिए । तर १८ वर्ष अवधि पार गरेका रुखमा मात्र भित्री चुरोको काठ तयार हुने चन्दनविज्ञले सल्लाह दिएकाले थप ९ वर्ष अझै पर्खिनुपरेको उनले बताए । ‘होचो जमिन भएकाले पानी जम्ने तथा आसपासमा बस्ती विस्तार हुन थालेपछि आशा गरेजस्तो आकारमा बिरुवा हुर्कन सकेनन्,’ पन्तले भने, ‘३ वर्षअघि दोस्रो चरणमा थप १ बिघा जमिन लिज र साझेदारीमा लिएर नर्सरी र व्यवसायिक खेती सुरु गरेका छौं ।’

उनका अनुसार दोस्रो चरणमा ३ वर्षअघि १ बिघामा रोपेका ४ सय श्रीखण्डका बिरुवा र २र२ सय गरी ४ सय रक्तचन्दन र अगरउडका गरी ८ सय बिरुवा यतिबेला हुर्किरहेका छन् । ‘दोस्रो चरणमा रोपिएका बिरुवामा पहिलेको जस्तो समस्या देखिएको छैन, जग्गा अलि उँचो ठाउँमा भएकोले बिरुवा हुर्कन समस्या छैन,’ उनले भने ।

व्यवसायी पन्तले श्रीखण्ड र रक्तचन्दन तथा अगरउडको बीउ भारतको दक्षिणी राज्य कर्नाटकको बैंग्लुरु र आन्ध्र प्रदेशको तिरुपतिबाट भित्र्याएका हुन् । उनले बिरुवा उत्पादन गर्ने नर्सरी र व्यावसायिक उत्पादनका सम्बन्धमा लामो समय भारतका दक्षिणी राज्य पुगेर आवश्यक जानकारी र प्राविधिक ज्ञान हासिल गरेका छन् । बिरुवाहरु आफ्नै नर्सरीमा उत्पादन गरी जग्गा लिजमा लिएर कम्तीमा १५ वर्षसम्म रोप्दै जाने र १८ वर्ष पुगेपछि कटान गरेर चन्दनमा आधारित उद्योग सञ्चालन गर्ने उनको लक्ष्य रहेको छ । ‘तर २० वर्षसम्म निरन्तर बिरुवा रोप्ने वयस्क हुने अवधिसम्म जग्गा लिजमा पाउन गाह्रो भएको छ,’ व्यवसाय सञ्चालनमा देखापरेका समस्या औल्याउँदै पन्त भन्छन्, ‘सरकारी र निजी क्षेत्रबाट जग्गा साझेदारीमा वा लिजमा लिने धेरै प्रयास गरे पनि सफल हुन सकेन ।’

यो वर्षदेखि नयाँ मोडालिटीमा यो व्यवसायलाई विस्तार गर्ने योजनामा जुटेको उनले जानकारी दिए । नयाँ मोडालिटी भनेको यसै वर्षदेखि सुदूरपश्चिमका ४ वटा पहाडी जिल्ला डडेलधुरा, बैतडी, डोटी र बझाङमा स्थानीय किसानसँगको सहकार्यमा रक्तचन्दनको व्यावसायिक खेती विस्तार गर्ने योजना छ,’ उनले भने, ‘उक्त योजनाअन्तर्गत दसैंपछि ती जिल्लामा इच्छुक किसान र जमिन छनोट गर्ने काम सुरु गरेर आउँदो असारदेखि असोजको बीचमा वृक्षारोपण गर्ने लक्ष्यसहित काम अघि बढाएका छौं ।’ उनका अनुसार यो कार्यक्रममा सहभागी हुने किसानलाई कम्पनीले किसान छनोट गरी समूह बनाउने, निस्शुल्क बिरुवा उपलव्ध गराउने, बिरुवा ढुवानी गरी पुर्‍याइदिने र रोपेदेखि कटानसम्म सम्पूर्ण प्राविधिक सहयोग जुटाउने योजना रहेको छ । ‘यो योजनामा कृषक र नेपाल चन्दन प्रालिबीच आपसी समझदारीमा उत्पादित चन्दनको नाफा बाँड्ने सहमति हुनेछ,’ पन्तले बताए ।

स्थानीय तह, विभिन्न संघसंस्था तथा सरकारी निकाय पनि यो मोडालिटीमा सहभागी भएमा रक्तचन्दनको व्यावसायिक खेती पहाडी जिल्लामा विस्तार गर्न झनै सहज हुने उनी बताउँछन् । बैंकहरुले रक्तचन्दन हुर्केर कटानी गर्ने बेलासम्म लामो समयका लागि जायजेथा धितो राखेर पनि लगानी नगर्ने भएकाले योजना विस्तार गर्न चुनौती छ । तर खेतबारीको खाली जग्गामा ५र१० बिरुवाका हिसाबले पनि कृषकहरु रक्तचन्दन खेती गर्न जागरुक भएमा आर्थिक दृष्टिकोणले निकै पाइदा हुने पन्तको दाबी छ । ‘मैले हालसम्म १८ लाख मात्र बैंकबाट लिएको हुँ, २ वर्षभित्रै बैंकलाई सबै चुक्ता गरे,’ पन्तले भने, ‘हाल बिउ खरिद, नर्सरी व्यवस्थापन, कामदारको पारिश्रमिक बिरुवा बेचेर भएको आम्दानीबाट खर्च चलेको छ ।’

उनले असारयता आफ्नो नर्सरीमा उत्पादित १५ हजार बोट रक्तचन्दन र श्रीखण्ड बिक्री गरिसकेका छन् । ‘असोजसम्म २० हजार बढी बिरुवा बिक्री हुने देखिन्छ,’ उनले भने । कञ्चनपुरस्थित पन्तको फार्ममा खुद्रा बिक्री प्रति बोट २ सय र थोकमा प्रतिबोट १ सय ५० रहेको छ । ‘एक वयस्क श्रीखण्ड वा रक्तचन्दनको रुखबाट २० देखि २५ किलोसम्म भित्री चुरो काठ तथा जरा उत्पादन हुन्छ, अहिलको बजार मूल्यको हिसाबले कम्तीमा १ लाख आम्दानी हुन जान्छ,’ पन्तले भने, ‘एक किसानले आफ्नो जग्गामा १ सय रुख रोप्ने हो भने १५ देखि १८ वर्षभित्र १ करोड कमाउन सक्छ ।’

पन्तका अनुसार नेपालमा चन्दन प्रशोधनका लागि झापामा कुलायन नेचुरल हर्बल प्रालि सञ्चालनमा रहेको छ । त्यहाँबाट चन्दन प्रशोधन गरी उत्पादित तेल अमेरिका, फ्रान्स र जर्मनीमा निर्यात हुने गरेको छ । अन्य व्यवसायीहरुले पनि प्रशोधित रक्तचन्दन निकासी गर्दै आएका छन् । नेपालमै बढी मात्रामा चन्दन पाउने ठाउँ प्युठान हो । त्यस्तै बझाङको जुहु सामुदायिक वनलगायत देशका विभिन्न क्षेत्रमा श्रीखण्ड तथा रक्तचन्दन पाइन्छ । ५ देखि ४५ डिग्रि सेल्सियस तापक्रममा तराईदेखि पहाडका बेँसी क्षेत्रमा श्रीखण्ड र रक्तचन्दन उत्पादन हुन सक्ने पन्तले बताए । रोप्नलायक बिरुवा कम्तीमा ८ महिनाको ३५ सेन्टिमिटर उचाइको हुनुपर्छ ।

शनिबार, साउन ३१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.