• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

अशान्ति र हिंसाको पर्याय बन्दै जिल्ला कारागार कैलाली

धनगढी, २४ साउन /  केही महिनादेखि शान्ति–सुरक्षाको सट्टा अशान्ति र हिंसाको पर्याय बन्दै आएको जिल्ला कारागार कैलालीमा शुक्रबार राति फेरि रक्तपातमा परिणत भएको छ ।

केही महिना यता दुई समूहबीच चलिरहेको झडपको क्रम शुक्रबार राति हिंसात्मक हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदी भरत चौधरीको ज्यान गएको हो ।

साथै ४७ जना कैदी घाइते भई सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । कैदी भरतको मृत्युले कारागारभित्रको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ । यस घटनाले प्रमुख जिल्ला अधिकारी ९सिडियो० गोगन बहादुर हमाल र जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक एसपी बालनरसिंह राणाको भूमिकामाथि प्रश्न उठाएको छ ।

कारागारभित्र बारम्बार हिंसात्मक झडप हुँदा पनि प्रभावकारी कदम चाल्न नसक्दा उनीहरूको नेतृत्वमाथि असफलताको आरोप लागेको छ । गत असारमा सिडियो हमालले कारागार निरीक्षणका क्रममा ब्लक ‘ए’ मा मोबाइल फेला पारेपछि सात जना कैदीलाई ब्लक ‘बी’ मा सारिएको थियो । यिनै सरुवाले कैदीहरूबीच गहिरो मनमुटावको हुँदै गएको थियो । असार २८ गतेकै दिन विवाद हिंसात्मक बन्दै कारागारका नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भएका थिए ।

बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा थुनामा रहेका कैदी कपिल श्रेष्ठ नेतृत्वको समूहले आक्रमण गरेको आरोप लाग्यो। बोगटीले ‘जेलरको मान्छे’ भएको रवाफ देखाएको भन्दै श्रेष्ठ समूह आक्रोशित भएको भनाइ छ। त्यसबेलै कैदीहरूले जेलर बसन्त खत्रीविरुद्ध सिडियो र एसपीकै अगाडि “जेलभित्र मनोमानी बन्द गर” भन्दै नाराबाजी गरेका थिए।

तर, प्रशासन र प्रहरीले घटनालाई सामान्य रुपमा लिए । विरोध र होहल्ला दिनदिनै भइरहे पनि ठोस कदम नचालिँदा कारागारभित्रको तनाव झन् बढ्दै गयो । यही बीचमा जिल्ला प्रशासन कार्यालयले विभिन्न कैदीबन्दीलाई फेरबदल गर्दै अर्को जिल्लासमेत सरुवा गरेको थियो ।

बोगटी कुटिएको एक महिना नपुग्दै बिहीबार साँझ फेरि झडप भयो, जसमा पाँचजना घाइते भए । बडुवाल हत्या अभियोगमा रहेका समूहले पुनः बिनाकारण हमला गरेको आरोप लाग्यो । फेरि त्यसको भोलिपल्ट शुक्रबार राति झडप अझ भयावह बन्यो, जसमा कैदी भरत चौधरीको मृत्यु भयो र ४७ जना घाइते भए ।

घाइतेको उपचार अहिले सेती प्रादेशिक अस्पतालमा भइरहेको छ। अस्पताल परिसर र कारागार वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैगरी, गत असार १ गते बैङ्किङ कसुर अभियोगमा पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिश पालीको पनि कारागारमा शंकास्पद रुपमा मृत्यु भएको थियो ।

उनी असार २ गते राति कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला परेका थिए । तर, उपचारको क्रममा सेती प्रादेशिक अस्पताल उनको मृत्यु भएको प्रहरीले जनाएको थियो । उनको कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीका एकजना कर्मचारी नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

यो निरन्तरको हिंसाले जिल्ला कारागारको सुरक्षा र व्यवस्थापन प्रणालीमा गहिरो प्रश्नचिन्ह खडा गरेको छ। ‘सुरक्षा संवेदनशील स्थल’ मानिने कारागारमै कैदीहरू बारम्बार ज्यानै जाने लडाइँ भइरहेको छ । त्यसको रोकथाममा जिम्मेवार निकायको असफलता उजागर भएको छ । निरन्तर हुने झडप, गुटबन्दी, हत्या प्रयास र ज्यान जानेसम्मका घटनाले जिल्ला प्रशासन र प्रहरीको कारागार व्यवस्थापनमा असफलता स्पष्ट पारेको छ ।

शनिबार, साउन २४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.