• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एक हजारभन्दा बढी बिरामीलाई निःशुल्क रगत प्रदान

धनगढी ,२३ साउन । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा एक हजारभन्दा बढी बिरामीलाई निःशुल्कमा रगत उपलब्ध गराएको छ ।

प्रदेश सरकारले एक हजार १८७ जना बिरामीलाई दुई हजार १४८ पिन्ट रगत निःशुल्कमा उपलब्ध गराएको हो । सरकारी अस्पतालमा उपचार गराउने प्रदेशवासीलाई सरकारले नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमार्फत निःशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ ।

यसैगरी, रैथाने बालीमा आधारित मुख्यमन्त्री वृद्धवृद्धा तथा असहाय लक्षित पोषण कार्यक्रम अन्तर्गत पोषण सामग्री आपूर्ति गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिनुभयो । एक वर्षको अवधिमा ४८ जना महिलाको आङ खस्ने समस्याको निःशुल्क शल्यक्रिया गरिएको जनाइएको छ । अछामको बयलपाटा अस्पतालमा शल्यक्रिया गरिएको थियो । जसमध्ये एक जनाको क्यान्सर रोगको पहिचान भइ उपचार भइरहेको प्रदेश सरकारले जानकारी दिएको छ ।

यसैगरी, एक वर्षको अवधिमा एक लाख ४६ हजार ६१२ बालिकामा पाठेघर मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइएको छ । यस्तै, अटिज्म रोग पहिचानका लागि २८९ जनाको परीक्षण गरिएको र आठ जना बालबालिकाको शल्यक्रिया गरिएको छ । स्वास्थ्य निर्देशनालयमार्फत एआई प्रविधिद्वारा क्षयरोगका बिरामी पत्ता लगाउन चेकजाँच, परीक्षण गरिएको छ । २२ हजार जनाको परीक्षण गर्दा एक हजार ५०० जनामा सम्भावित क्षयरोग र १५२ जनामा क्षयरोग पुष्टि भएको प्रदेश सरकारले आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ ।

त्यस्तै, छ हजार महिला स्वास्थ्य स्वयम् सेविकाको स्वास्थ्य बिमा गरेको, शिविर सञ्चालन गरेर ११ हजार महिलालाई प्रजनन् स्वास्थ्य सेवा प्रदान गरेको, स्क्रिनिङ कार्यक्रममार्फत १४ हजारभन्दा बढीको नसर्ने रोगको स्क्रिनिङ गरिएको जनाइएको छ ।

घोरीघोरा स्वास्थ्य उपचार कार्यक्रमअन्तर्गत कैलालीमा ८४४ र कञ्चनपुरमा तीन हजार ५५३ जनाको सिकलसेल एनिमिया र थालेसेमिया रोग परीक्षण गरिएको छ ।

प्रदेश सरकारले आर्थिक रुपले विपन्न नागरिकको आर्थिक सहायता कार्यक्रम अन्तर्गत ६४५ जनालाई एक लाख रुपियाँको दरले सहायता गरेको छ । जसमा क्यान्सरका ४९३, मिर्गौला प्रत्यारोपणका १९, मस्तिस्क घातका १२, स्पाइनल सर्जरीका ४३, मुटु शल्यक्रियाका ६६ र बोनम्यारो प्रत्यारोपणका एक जनाले सहायता प्राप्त गरेको प्रदेश सरकारले जानकारी दिएको छ ।

शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.