• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

 धनगढी,२० साउन । अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । सेवाग्राहीलाई सहज रूपमा प्रशासनको सेवा प्रवाह गर्न अछाम क्षेत्र नम्बर १ को साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो ।

इलाका प्रशासन कार्यालय स्थापनाका लागि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अछामका जनप्रतिनिधिले छलफल गर्नुभएको हो । पालिका, जिल्ला समन्वय, जिल्ला प्रशासन, हुँदै विभिन्न सङ्घीय मन्त्रालयबाट फाइल स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पुुगिसकेको जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले बताउनुभयो । अर्थमा स्वीकृतिका लागि रोकिएको छ । कार्यालयको भौतिक संरचनाका लागि प्रक्रिया पनि अघि बढाइएको र पूर्वप्रधानमन्त्रीबाट फोन गराएर छिटो गराइदिनुप¥यो भनेर अनुरोध गरेका छौँ ।

कुँवरले भन्नुभयो, “अर्थले स्वीकृति प्रदान गरेर पठाएपछि अनि त्यसको प्रक्रिया अगाडि बढ्ने हो । इलाका प्रशासनलाई पछि तीन रोपनी जग्गा चाहिने हो, तीन रोपनी जग्गा अब सल्लाह गरेर जहाँ उपयुक्त हुन्छ त्यहीँ सेरोफेरोमा उपलब्ध गराउने निर्णय गरेका छौँ ।” जनताको घरदैलोमा सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय सेवा गरेर सङ्घीयताको अनुभूति गराउन इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने माग राखिएको कुँवरले बताउनुभयो ।

साँफेबगरमा इलाका प्रशासन कार्यालय नहुँदा जनतालाई सेवा लिन मङ्गलसेन धाउनुपर्ने बाध्यता भएकाले त्यसको अन्त्यका लागि पूर्वप्रधानमन्त्रीलाई भेट गरिएको समन्वय प्रमुख कुँवरले बताउनुभयो ।

साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले जनतालाई सेवा लिन समस्या भइरहेकाले साँफेबगरमा इलाका प्रशासन कार्यालयको आवश्यकता देखिएकाले इलाका प्रशासन कार्यालय स्थापना गर्न माग राखिएको बताउनुभयो । कुँवरले सोमबार पूर्वप्रधानमन्त्री देउवासँग छलफल गरेर इलाका प्रशासन कार्यालयको स्थापनाका लागि माग राखिएको बताउनुभयो ।

भेटमा पूर्वप्रधानमन्त्री देउवाज्यूले थप छलफल गरेर मन्त्रीपरिषद्मा प्रस्ताव लैजानेका लागि पहल गर्ने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।

कुँवरले भन्नुभयो, “अछाम जिल्लाबाट हामी यसअघि नै निर्णय गरेर पठाइसकेका थियौँ । त्यसलाई थप चाँडो भन्दा चाँडो फाइल अघि बढाइदिन अनुरोध गरेका छौँ र पार्टी सभापतिज्यूले पनि अर्थ मन्त्रालयमा रहेको फाइल अगाडि बढाइने प्रतिबद्धता जनाउनु भएको छ ।” नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचय पत्रलगायत अन्य कामका लागि मङ्गलसेन धाउनुपर्ने र महँगो पनि पर्ने भएको हुनाले अब जनतालाई सेवा सुविधा दिन इलाका प्रशासन कार्यालयको माग गरिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताउनुभयो ।

अछामको साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका गरेर चार वटा पालिकाका बासिन्दालाई सहज रूपमा सेवा प्रवाह गर्न साँफेबगरमा इलाका प्रशासन कार्यालय आवश्यक रहेकाले हामीले सोही आवश्यकतालाई ध्यानमा राखी अगाडि बढेको उहाँले बताउनुभयो । भेटघाट तथा छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोविन्दबहादुर शाह, जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर कुँवर, साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवर, चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउद, मेल्लेख गाउँपालिका उपाध्यक्ष नृपबहादुर खड्कालगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।

मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.