धनगढी, १९ साउन / कैलाली बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थी सम्मानित भएका छन्। कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सेमेस्टरगत र संकायगत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको स्वतन्त्र विद्यार्थी युनियनका सचिव ओम प्रकास वस्तीले जानकारी दिए।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्ने र अन्य विद्यार्थीलाई पनि प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम पहिलो पटक गरेको र अगामी दिनमा सेमेस्टरको नतिजा आउने बित्तिकै सम्मान गर्ने स्ववियु सभापति सन्तोष पन्तले प्रतिबद्धता समेत गरेका छन्।
कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम नीति योजना आयोगका उपाध्यक्ष डा. जीवन राना र बिशिष्ट अतिथिमा क्याम्पसका क्याम्पस प्रमुख डा. लोक बहादुर बिष्ट रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले आजका उत्कृष्ट विद्यार्थीले भोलि कैलाली बहुमुखी क्याम्पसको नेतृत्व लिन सक्ने हुनुपर्छ ।म आफु पनि आफ्नो समुदायको लागि उदाहरणीय व्यक्ति भएको बताइन् । रानाले आथाह समस्याका बाबजुद पनि आफु यो स्थानमा पुगेको तर यहाहरुलाई आज सहज छ यसरी नै उत्कृष्ट बनेर सफल बन्नको लागि शुभकामना दिइन्।
कार्यक्रममा बोल्दै क्याम्पसका क्याम्पस प्रमुख ड.लोक बहादुर बिष्टले क्याम्पसको उचाई बढाउन उत्कृष्ट विद्यार्थीको ठुलो भूमिका रहने बताए। यो नतिजामा आफ्नो भन्दा पनि निवर्तमान क्याम्पस प्रमुख तोयाराज भट्टको वढी योगदान भएता पनि आफुलाई क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने मौका मिलेकाले आफु भाग्यशाली भएको बताए।
सम्मान पछि उत्कृष्ट विद्यार्थीले स्ववियुले गरेको यो कार्यक्रम आफुहरुको लागि एकदमै विशिष्ट रहेको बताए। यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत सुझाव दिएका छन्।