• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

राजधानी सार्ने कसरत : स्थानीयको विरोध

 धनगढी,१५ साउन ।  सुदूरपश्चिम प्रदेश सभाको दुई तिहाइले प्रदेशको राजधानी कैलालीको गोदावरी तोकेको सात वर्ष पुग्नै लागेको छ । २०७५ असोज १२ गते दुई तिहाइ बहुमतले प्रदेशको राजधानी गोदावरी नगरपालिका–२ र ४ मा तोकेको थियो । प्रदेश सभाले राजधानी तोकेको स्थानमा भौतिक संरचना निर्माण हुन सकेका छैनन् । प्रदेश सरकार अहिलेसम्म अस्थायी राजधानी धनगढीबाट कामकाज गरिरहेको छ ।

गोदावरी क्षेत्रमा राजधानी निर्माणको विषयमा चासो दिनै छाडेको प्रदेश सरकारले पछिल्लो केही दिनयता भने राजधानी धनगढी सार्ने बहस सुरु गरेको छ । राजधानी गोदावरी हुन्छ भनेर खुसी भएका यस क्षेत्रका स्थानीय अहिले सर्ने विषयले प्रवेश पाएपछि चिन्तित भएका छन् । सङ्घर्ष समन्वय समितिका संयोजक धनबहादुर बोगटीले गोदावरी राजधानी नहुने हो भने यस क्षेत्रका जनता चुप लागेर नबस्ने भन्दै राजधानी कायम नभए जनप्रतिनिधिलाई रोक लगाउनेदेखि सुदूरपश्चिम ठप्प पार्नेसम्मका गर्ने चेतावनी दिनुभयो । उहाँले सात वर्षअघि राजधानी तोकेकै ठाउँमा कार्यान्वयन हुनु पर्छ भन्ने एक मात्र माग रहेको बताउनुभयो ।

यता मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी तोकेको गोदावरीमा हालसम्म पनि काम सुरु नभएपछि राजधानीका विषयमा विकल्पमा सोच्ने बेला आएको बताउनुभयो । सङ्घीयताको जग बलियो बनाउन पनि अब सुदूरपश्चिम प्रदेश सरकारले राजधानीको विषयमा ढिलो गर्न नहुने उहाँको भनाइ छ । मुख्यमन्त्री शाहले अहिले विकल्पका रूपमा रहेको धनगढीमा जङ्गल पनि मास्न नपर्ने आवश्यक पर्ने जमिन प्रशस्त रहेको उल्लेख गर्दै उपयुक्त ठाउँ धनगढी नै भएको भनेर छलफल सुरु भएको बताउनुभयो । उहाँले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरिसकेको बताउनुभयो ।

यता प्रदेश सरकारको दुई तिहाइ बहुमतले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो राजधानी सार्ने चलखेल चलेपछि गोदावरीका स्थानीय विरोधमा उत्रिएका छन् । स्थानीयले राजधानी गोदावरीमै कार्यान्वयन गर्न दबाब दिनका लागि चरणबद्ध कार्यक्रम आयोजना हुन थालेका छन् ।

गोदावरी नगरपालिका–२ का स्थानीय किसनसिंह साउदले राजधानी सार्ने निर्णय स्वीकार्य नहुने बताउनुभयो । सरकारले आफैँले गरेको निर्णयविरुद्ध जान्छ भने जस्तोसुकै कदम चाल्ने बताउनुभयो । त्यस्तै स्थानीय सावित्री पन्त सापकोटाले गोदावरीमा राजधानी हुन्छ भनेर पहाडबाट बसाइँसराइ गरेर आएको बताउनुभयो । अहिले राजधानी सार्र्ने कुराले दुःखित बनाएको उहाँको भनाइ छ ।

त्यस्तै अर्का स्थानीय लालबहादुर खड्काले राजनीतिक पूर्वाग्रहका कारण राजधानी सार्ने प्रयत्न भएको बताउनुभयो । उहाँले गोदावरीवासीलाई आन्दोलन गर्न बाध्य नबनाउन प्रदेश सरकारलाई आग्रह गर्नुभ यो । गोदावरीको वनक्षेत्र मासिने भन्दै गोदावरीमा राजधानी राख्ने निर्णयविरुद्ध २०७५ सालमै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । मुद्दा मामिलाका कारण प्रदेश सभाले तोकेको स्थायी राजधानी गोदावरीमा काम अघि बढ्न नसकेको प्रदेश सरकारले बताइँदै आएको छ ।

बिहिबार, साउन १५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.