• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मालपोत तिर्न डडेलधुरा धाउँदै बैतडीवासी

 धनगढी,७ साउन ।भोट बैतडीका नेतालाई दिए पनि जग्गाको मालपोत तिर्न डडेलधुरा जिल्ला धाउनुपर्ने बाध्यता विशालपुरवासीले भोग्दै आएका छन् ।

बैतडीको मेलौली नगरपाकिला–८ को सिङ्गो वडाका पाँच सयभन्दा बढी घरपरिवार २०३२ सालदेखि जग्गाको मालपोत कर तिर्न डडेलधुरा धाउँदै आएका छन् । तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका–८ मा पर्ने साबिकको विशालपुर गाविसका ३, ४, ५ र ६ नम्बर वडाका घरपरिवार जग्गाको मालपोत कर डडेलधुराको भागेश्वर गाउँपालिका–३ को वडा कार्यालयमा बुझाउँदै आएको वडा अध्यक्ष तपेन्द्र विष्टले बताउनुभयो ।

गणतन्त्र आइसकेपछि स्थानीय तहको पुनर्संरचना हुँदा पनि यो झन्झट कायमै रहेको स्थानीयवासीले दुखेसो पोखेका छन् । वडावासीको मतदाता नामावली बैतडीमै छ । हरेक निर्वाचनका बेला बैतडीकै उम्मेदवारलाई भोट दिँदै आए पनि जग्गाको कर र कारोबारका लागि डडेलधुरा धाउनुपर्ने बाध्यता रहेको मेलौलीका स्थानीय युवा महेशदत्त भट्टले गुनासो गर्नुभयो ।

त्यो गुनासो लिएर स्थानीय पीडितहरू आफ्नो जनप्रतिनिधि बैतडीको प्रदेश सभा ‘ख’ बाट निर्वाचित शिवराज भट्टलाई लिएर काठमाडौँ गएका छन् । मेलौलीका स्थानीय नगरपालिकाको सिफारिससहित प्रदेश सभा सदस्यलाई लिएर उनीहरू सङ्घीय राजधानी काठमाडौँ पुगेका छन् ।

उहाँले यो पटक गृहमन्त्री रमेश लेखकलाई भेटेर यहाँको वस्तुस्थितिबारेमा जानकारी गराएको बताउनुभयो । प्रदेश सभा सदस्य भट्टलाई साथमा राखेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको उहाँले बताउनुभयो ।

मालपोतको स्रेस्ता बैतडीमा कायम गरिदिन मुख्य माग रहेको उहाँले बताउनुभयो । बैतडीकै भूगोलमा बसेर पनि वडाको लालपुर्जाको स्रेस्ता डडेलधुराको भएका कारण विशालपुरका किसानले कर तिर्न, कृषि फर्म दर्ता गर्न, चार किल्ला प्रमाणित गर्न झन्झट बेहोर्नु परेको उहाँको गुनासो छ ।

२०३२ सालमा  डडेलधुरा जिल्लाबाट विशालपुर गाविसलगायत तल्लोस्वराड क्षेत्रका १३ गाविस बैतडीमा गाभिदा विशालपुर गाविसका चार वटा वडाको मालपोतको स्रेस्ता डडेलधुरामै छुटेका कारण दशकौँदेखि बैतडीबाट डडेलधुरा मालपोतमा कर बुझाउनु परेको उहाँले बताउनुभयो ।

स्थानीय तहको पुनर्संरचनापछि पनि समस्या समाधान नहुँदा मन्त्रालयसम्म गुनासो लिएर पटक पटक काठमाडौँ धाउँदै आएको स्थानीयको गुनासो छ । हरेक निर्वाचनका बेला वडामा भोट माग्न आउने नेताले बैतडीमै मालपोत बुझाउने गरेर समस्याको समाधान गर्ने आस्वासन दिए पनि हालसम्म समस्या समाधान नभएको मेलौली नगरपालिकाका कार्यपालिका सदस्य लोकराज भट्टले बताउनुभयो ।

बुधबार, साउन ०७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.