• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

करारका कर्मचारी राख्नुपर्ने भएमा स्थानीय सरकारले नै माग गर्न प्रदेश सरकारको आग्रह

धनगढी, ५ साउन / सुदूरपश्चिम प्रदेश सरकारले स्वीकृत रिक्त दरबन्दी पूर्तिका लागि ज्यालादारी वा करारका कर्मचारी राख्नुपर्ने भएमा सहमति माग गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेशका सबै स्थानीय तहलाई पत्राचार गर्दै विभिन्न प्रक्रिया पूरा गरी प्रदेश सरकारबाट सहमति माग गर्न आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा १५ को उपदफा ९३० बमोजिम ज्यालादारी वा करार नियुक्तिका लागि प्रदेशका विभिन्न स्थानीय तहले सहमति माग गरेका छन् ।

तर ऐन कार्यान्वयनका लागि नियमावली जारी नभएकाले ऐनको दफा १५ को उपदफा ९३० मा उल्लिखित पदको स्वीकृत दरबन्दी रिक्त रहेको अवस्थामा ज्यालादारी वा करारमा कर्मचारी नियुक्तिका लागि विभिन्न चार प्रक्रिया पूरा गरेर सहमति माग गर्न आग्रह गरिएको छ । प्रदेश सरकार मुख्यमन्त्रीस्तरीय निर्णयमा भनिएको छ, “स्थानीय तहको स्वीकृत दरबन्दीको रिक्त रहेको पदमा ऐन जारी हुनुअगावै वा पश्चात् करार वा ज्यालादारीमा कर्मचारी नियुक्तिका लागि विज्ञापन भई छनोटको चरणमा रहेका वा छनोटको प्रक्रिया अगाडि बढाई नियुक्ति नभएको हकमा सहमति माग गर्नुपर्ने छ ।” यसै गरी नयाँ प्रक्रिया थालनी गर्नुपर्ने भएमा पनि सहमति माग गर्नुपर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका वरिष्ठ शाखा अधिकृत नरेन्द्र शाहले जानकारी दिए ।

सहमति माग गर्दा स्थानीय तहको स्वीकृत दरबरन्दी विवरण, उक्त दरबन्दीमा स्थायीरअस्थायीरकराररज्यालादारीमा कार्यरत कर्मचारी तथा रिक्त रहेको पद सङ्ख्या खुल्ने गरी त्यसको विवरणसमेत कार्यालय प्रमुखले प्रमाणित गरी पठाउनुपर्ने शाहले जानकारी दिए । ज्यालादारी वा करारमा नियुक्ति गर्ने पदको तलब भत्तालगायतका खर्चका लागि बजेट भए, नभएको वा स्रोतको उपलब्धता रहे नरहेको विषयसमेत प्रस्ट रूपमा उल्लेख गरी मात्र सहमति माग गर्न प्रदेश सरकारको आग्रह छ । नेपाल सरकारद्वारा हस्तान्तरित कार्यक्रमबमोजिमका पदमा उक्त कार्यक्रमले तोकेको दरबन्दी र कुनै सङ्घ संस्था वा दातृ निकायसँगको सम्झौताबमोजिम दातृ निकायबाट तलब, भत्ता उपलब्ध गराउने गरी तोकिएको पदको हकमा भने सम्झौता र प्रचलित कानुनबमोजिम नियुक्ति गर्न बाधा नहुने जनाइएको छ ।

केही महिनाअगाडि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन बनाएको थियो । ऐन कार्यान्वयन गर्ने सवालमा विभिन्न पालिकामा समस्या आएको जनाइएको छ । ऐन कार्यान्वयनमा समस्या देखिएपछि संशोधनको तयारी पनि भइरहेको छ । ऐन संशोधन गर्न विधेयकको मस्यौदा तयार पार्नका लागि कार्यदल गठन गरिएको वरिष्ठ शाखा अधिकृत शाहले जानकारी दिए । ऐन कार्यान्वयन गर्दा देखिएका समस्या तथा संशोधनका सुझावसमेत उपलब्ध गराउन प्रदेश सरकारले स्थानीय तहसँग माग गरेको छ ।

सोमबार, साउन ०५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.