• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

खुल्दै टिङ्कर नाका

धनगढी,५ साउन । दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने नेपाल–चीन सीमानाका साउन ७ देखि ९ सम्म खुल्ने भएको छ । चीनको तिब्बतस्थित ताक्लाकोटमा रहेको स्थानीय प्रशासनले छाङरु र टिङ्करका व्यापारीलाई नाका खुल्नेबारे जानकारी गराएपछि टिङ्करभन्ज्याङ १ नम्बर पिल्लर सीमानाका खुल्ने भएको हो । नाका खुल्ने भएपछि यहाँका व्यापारी व्यापार व्यवसायका लागि चीनको ताक्लाकोट जाने तयारीमा छन् ।

नेपाल–चीन ताक्लाकोट नाका खुल्नेबारे त्यहाँको स्थानीय प्रशासनले आफूलाई जानकारी गराएको तथा आफूले दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई जानकारी गराएको व्यास गाउँपालिका–१, छाङरुका स्थानीय व्यापारी एवं नेपाल–चीनमैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहराले जानकारी दिनुभयो तर प्रजिअ पौडेलले भने आफूलाई तिब्बत प्रशासनको आधिकारिक पत्र प्राप्त भइनसकेको बताउनुभयो ।

यहाँका व्यापारीले ताक्लाकोट बजारमा व्यापार गर्ने गरेको बोहोराले बताउनुभयो । नाका खुल्ने भएपछि व्यापारीले ताक्लाकोट लैजाने आआफ्ना सामान तयारी अवस्थामा राखेको बताइएको छ । ७० देखि ८० जना नेपाली व्यापारीले ताक्लाकोटमा नेपाली र भारतीय सामानको व्यापार गर्ने गरेको उहाँले बताउनुभयो । “ताक्लाकोटमा साढे चार महिना जति खाद्य सामग्री र लुगाकपडाको व्यापार गर्छौं, सोही व्यापारबाट आम्दानी भएको पैसाले जीविका चलाउँछौँ,” उहाँले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार चीनको ताक्लाकोट जानका लागि यस वर्ष व्यास गाउँपालिकाका १४६ र व्यास गाउँपालिकाबाहेकका अन्य पालिकाका ११ जनाले तिब्बत प्रवेश अनुमतिपत्र नवीकरण गराएका छन् भने व्यास गाउँपालिकाका ६८ र अन्य पालिकाका ३७ जनाले नयाँ अनुमतिपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताउनुभयो ।

चीनले टिङ्करभन्ज्याङको १ नम्बर सीमास्तम्भभन्दा आधा घण्टाको दुरीमा रहेको सापु भन्ने ठाउँमा सुरक्षाकर्मी बस्ने संरचना निर्माण गरी कच्ची सडक पु¥याएको छ । छाङरु र टिङ्करका स्थानीय व्यापारीका अनुसार नेपालबाट जाने व्यापारीले सापुमा रहेको चेकपोस्टमा सामान चेकजाँच गराउनु पर्छ ।

नेपालतर्फ व्यास गाउँपालिका–१, टिङ्करगाउँको छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको प्रहरी चौकी सञ्चालनमा छ । छियालेकबाट करिब छरसात किलोमिटर अगाडि पाँच घण्टाको दुरीमा नेपाल–चीन १ नम्बर सीमास्तम्भ पर्छ । कोभिड–१९ महामारीका कारण लामो समय बन्द रहेको ताक्लाकोट नाका गत वर्षदेखि खुलेको हो । छाङरु र टिङ्करका व्यापारी विगतदेखि परम्परागत रूपमा सो नाका भएर आवतजावत गर्दै आइरहेका छन् ।

सोमबार, साउन ०५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.