• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गोदावरीमा नियमित विद्युत् मिटर रिडिङ नहुँदा सेवाग्राहीलाई सास्ती

कैलाली , ४ साउन / सुगम जिल्ला कैलालीको सुगम पालिका गोदावरी नियमित रूपमा विद्युत् मिटर रिडिङ नहुने गरेको पाइएको छ । हरेक महिना सेवाग्राहीहरूको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको प्रावधान भए पनि गोदावरीको नाचनथैलीमा भने एक वर्ष सम्म पनि रिडिङ नभएको पाइएको हो । गोदावरी नगरपालिका – ४ मा रहेको नाचनथैलीमा मिटर रिडिङ नहुँदा सेवाग्राहीले सास्ती खेप्दै आएका छन् ।

स्थानीय शर्मिला देवी खत्रीले एक वर्ष देखि मिटर रिडिङ नहुँदा आफैले मिटरको नम्बर लिएर अत्तरिया नो लाइट कार्यालयमा आएर विद्युत् महसुल तिर्ने गरेको बताइन् । उनले भनिन् ‘मिटर रिडिङ गर्ने मान्छे नै हामीले देखेका छैनौ । एक वर्ष देखि हाम्रो ठाउँमा मिटर रिडिङ गर्न गएका छैनन्’ शुक्रवार अत्तरिया नो लाई कार्यालयमा भेटिएकी उनले भनिन ‘पहिला महरा सर हुँदा जान्थे अहिले को छन् थाहा नै छैन ।’ ३ वर्ष देखि नेपाल विद्युत् प्राधिकरणकी ग्राहक बनेकी खत्रीले आफ्नो घर बुढीतोला बजार देखि १५ मिनेट मात्रै टाढा रहेको बताइन् ।

उनले मिटर रिडिङ नहुँदा आफै मिटरमा भएको नम्बर ल्याएर अत्तरियामा रहेको नो लाइट कार्यालयमा बुझाउने गरे पनि कहिलेकाहीँ त्रुटि हुने गरेको बताइन् । उनले कार्यालयमा आएका बेला मिटर रिडिङ गर्न पठाइदेउ भन्दा सुनुवाइ नै नहुने गरेको बताइन् । शुक्रवार पनि अत्तरिया नो लाइट कार्यालयमा मिटर रिडिङ गर्न नआएको गुनासो राख्न खोजेकी उनले कार्यालयमा हाकिम नभेटेपछि फर्किएकी थिइन ।

नाचनथैलीकै मुक्ति बुढा अधिकारीले मिटर रिडिङ नहुँदा अनलाइनबाट पनि तिर्न नमिलेको बताइन् । उनले विद्युत् महसुल तिर्न आउन मात्रै डेढ सय भाडा लाग्ने भएकाले तीन महिनामा मात्रै एक पटक विद्युत् महसुल तिर्न आउने गरेको बताइन् । उनले आफूहरूले नै मिटर रिडिङ गरेर नम्बर ल्याउँदा कुनै बेला धेरै महसुल पनि आउने गरेको बताइन् । ‘यसअघि एक वर्षमा रिडिङ गर्न जाँदा एकै महिनामा २० हजार महसुल आएको थियो’ उनले भनिन् ‘हामीले महसुल तिर्न आउँदा सधैँ नम्बर ल्याउने गरेका हुन्छौ तर, किन यस्तो भयो थाहा पाइएन ।’

उनले मिटर रिडिङ भएमा अनलाइनबाट महसुल तिर्न सजिलो हुने भए पनि मिटर रिडिङ नहुँदा आफैले विद्युत् कार्यालयमा आएर मिटरको अङ्क चढाएपछि मात्रै महसुल तिर्न पाइने गरेको बताइन् । बुढीतोला बजार क्षेत्रमा मिटर रिडिङ भए पनि बजार देखि थोरै मात्र भित्र रहेको आफूहरूको घरमा मिटर रिडिङ गर्ने कर्मचारी नपुग्ने गरेको बताइन् । मिटर रिडिङ नुहुँदा विद्युत्को महसुल भन्दा बढी आवतजावत गर्न यातायात खर्च लाग्ने बताइन् ।

अत्तरिया नो लाइटका प्रमुख सुनिल खड्काले विद्युत् मिटर रिडिङ नभएको गुनासो नआएको बताए । उनले कार्यालयमा विद्युत् मिटर रिडिङ गर्न पर्याप्त कर्मचारी भएको बताए । उनले गोदावरी माथिको पहाडी क्षेत्रमा विद्युत् रिडिङ गर्न पहिले एक जना मात्रै भए पनि अहिले थपेर २ पु¥याइएको बताए ।

‘गोदावरीको पहाडी क्षेत्रमा विद्युत् मिटर रिडिङ गर्ने २ जना कर्मचारी छन् । अहिले कर्मचारीको अभाव छैन’ उनले भने ‘अहिले सम्म मिटर रिडिङ नभएको गुनासो आफूकहाँ आएको छैन । त्यसैले मैले यस विषयमा बुझ्न पाएको छैन ।’ उनले हाल नो लाइट अत्तरियामा ११ जना मिटर रिडर रहेको बताए । उनले सम्बन्धित क्षेत्रमा काम गर्ने मिटर रिडर सँग यस विषयमा बुझ्ने बताए ।

आइतबार, साउन ०४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.