• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

रोपाइँ सकेर भारततिर

धनगढी,३२ असार । असारमा रोपाइँ सकेर बाजुराका विभिन्न ठाउँबाट भारततर्फ जानेको सङ्ख्या बढ्न थालेको छ । गाउँमा केही रोजगारी नभएपछि यहाँका नागरिक असारे खेती सकेर मजदुरी गर्न अहिले भारततिर जान थालेको त्रिवेणी नगरपालिका डबलबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा कुनै रोजगारीको अवसर छैन, त्यही भएर मजदुरीका लागि भारत जानुपर्ने बाध्यता छ । यहाँ पढेलेखेकालाई त गाउँमा केही नोकरी छैन भने म त पढेको पनि छैन । अनि कसरी गाउँमा नोकरी पाउनु ?”

स्थानीय सरकारको मनोमानीका कारणले गाउँमा पाउने सबै रोजगारी गुमेका छन् । यहाँका बासिन्दा वर्षमा दुई पटक मजदुरीका लागि भारत जानुपर्ने बाध्यता छ । त्रिवेणी नगरपालिकाले बजेट तालिम भेला शिविरमा खर्च गर्ने तथा भौतिक पूर्वाधार, सडक, खानेपानी निर्माणलगायतका काममा पनि प्रायः एक्साभेटर प्रयोग गर्ने भएकाले यहाँका अधिकांश युवाले काम पाउँदैनन् ।

पछिल्लो समय गाउँमा हुने विकासनिर्माणका योजना पनि ठेक्का दिने प्रवृत्तिले पनि यहाँका युवाले गाउँमा काम नपाएका हुन् । ठेकेदारले सस्तो ज्यालामा काम गराउन खोज्छन् । त्यो ज्यालाले घरखर्च पनि चल्दैन । अलि भएका योजनामा पनि उपभोक्ता आफूनजिकका बनाउने र उनीहरूले विभिन्न बहानामा आफ्ना मान्छेलाई मात्र काम दिने भएकाले यहाँका सर्वसाधारणले गाउँमा काम पाउन छाडेको बताइएको छ ।

यहाँ त्रिवेणी, बुढीगङ्गा, बडीमालिका, गौमूल, जगन्नाथ, स्वामीकार्तिक खापर गाउँपालिकाका युवा मजदुरीका लागि भारतका विभिन्न ठाउँमा जाने गर्दछन् । यहाँका स्थानीय सरकारले वर्षमा करोडौँ रकम रोजगारीका लागि भनेर खर्च गर्ने गरेको भए पनि यहाँका युवा भने एक पटक असार, साउन र अर्को पटक मङ्सिर, पुस, माघ, फागुन, चैतमा भारतका विभिन्न ठाउँमा रोजगारी गरिरहेका हुन्छन् ।

अहिले मार्तडी, बाम्का र बेतालमाण्डौका बसपार्क युवाले भरिभराउ छन् । सबैभन्दा बढी बुढीगङ्गा र त्रिवेणीका विभिन्न गाउँका युवा भारतमा जान थालेका छन् । गाउँमा हुने प्रधानमन्त्री स्वारोजगारले केही युवालाई गाउँमा बस्न सहज बनाएको भए पनि स्थानीय सरकारले केही काम नदिँदा भारत जान बाध्य भएका हुन् । आर्थिक वर्ष २०८१/८२ मा यहाँका ८० जनाले गाउँमा एक सय दिने रोजगारीको काम पाएको त्रिवेणी नगरपालिकाका रोजगार संयोजक अर्जुन रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्षमा ५८ लाख ६० हजार रुपियाँ मात्र आएको थियो । त्यो रकमबाट यहाँका ८० जनाले काम पाएका थिए । उनीहरूले एक सय दिन काम गरेबापत एक जनाले एक दिनको ७२० पाएका छन् ।” यो वर्ष रकम आएको छैन । यहाँका बेरोजगारलाई गाउँमै राख्ने गरेर स्थानीय सरकारले केही व्यवस्था गर्नुपर्ने हो । त्यो गर्न नसक्दा यहाँ युवा धमाधम भारत जाने गरेको संयोजक रोकायाले बताउनुभयो ।

बुधबार, असार ३२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.