धनगढी, २१ असार/राष्ट्रिय थारु कलाकार मञ्चको केन्द्रीय समितिमा मनोनित सुदूरपश्चिमका चार कलाकारलाई सम्मान गरिएको छ । केन्द्रीय समितिमा मनोनित भएका भानुप्रताप चौधरी, बालकृष्ण चौधरी, मनोज चौधरी र आर्यन चौधरीलाई बर्दगोरिया इभेन्ट एण्ड मार्केटिङ प्रालीले एक कार्यक्रम मार्फत सम्मान गरेको आयोजकका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले बताए ।
सम्मान कार्यक्रममा थारु कलाकार मञ्च सुदूरपश्चिमका अध्यक्ष संगत थारु, सदस्य सुनिल चौधरी, आशिष चौधरी, आदर्श महतो, पहुरा मिडियाका सञ्चालक गोविन्द मुखिया र पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा सहभागी थिए । सम्मानित हुने कलाकारहरू असार ७ र ८ गते सम्पन्न प्रथम अधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।