धनगढी १७ असार / गायिका हेमन्ता भट्टराईको नयाँ तीज गीत ‘छोडेनन् स्वामीले केटी फकाउन’ सार्वजनिक भएको छ। शब्द, संगीत र स्वरमा हेमन्ता भट्टराईकै विशेष भूमिका रहेको गीत हेमन्ता भट्टराई युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
लोकप्रिय कलाकार रञ्जित पौडेल र नविना सिलवाल (खुइली) को अभिनय रहेको यो गीतमा तीजको उमंगसँगै सामाजिक यथार्थ झल्काइएको छ। “छोडेनन् सासुले सिन्की पकाउन, छोडेनन् स्वामीले केटी फकाउन” सामाजिक यथार्थ परिवेशलाई आत्मसाथ गरेर तीज विशेषको गीत सार्वजनिक गरेका छन्।
गीतमा वरिष्ठ कलाकार सुरवीर पण्डित र पल्पसा डंगोल (चम्सुरी) को पनि मुख्य भुमिका रहेको छ।
सँगै गायिका भट्टराईले सुझाव दिन आग्रह गरेकी छन्। कलाकारहरू तीज नजिकदै गर्दा तीजका गीतहरू सार्वजनिक गर्नमा वेफुर्सदिला बनेका छन्।